धनगढीमाई नगरपालिकामा माओवादी केन्द्र विजयी

214845351maiost ucpn

लहान । सिरहा धनगढीमाई नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेकपा माओवादी केन्द्र विजयी भएका छन् ।

हरिनारायण चौधरीले ५ हजार ६८३ मत प्राप्त गरी प्रमुखमा विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका पञ्चलाल महतोले ४ हजार ३०७ मत प्राप्त गरि जिल्ला निर्वाचन कार्यालय सिरहाले जनाएको छ ।

यस्तै उपप्रमुखमा माओवादी केन्द्रकै फूलकुमारी श्रेष्ठले ५ हजार ६१३ मत प्राप्त गरी विजयी भएका छन् । उनको निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसकै बिमलादेवी साह सोनारले ४ हजार १०२ मत प्राप्त गरे ।

सखुवानन्कारकट्टी गाउँपालिकाकामा एमाले विजयी त्यसै सिरहा सखुवानन्कारकट्टी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा एमाले विजयी भएका छन् ।

केदारनाथ यादवले ३ हजार १५५ मत ल्याएर अध्यक्षमा विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी संघीय समाजवादी फोरमका रामनारायण यादवले २ हजार २६७ मत प्राप्त गरे ।

उपाध्यक्षमा एमालेकै अमलादेवी यादवले २ हजार ९३७ मत प्राप्त गरी विजयी भए भने उनका निकटतम प्रतिद्वन्द्वी संघीय समाजवादी फोरमकी शोभाकुमारी यादवले २ हजार ३२८ मत प्राप्त गरे ।

यो सँगै एमालेले अहिलेसम्म सिरहाको २ स्थानीय तहमा विजयी भएको छ । नेकपा माओवादी केन्द्रले अहिलेसम्म सिरहाको ५ स्थानीय तहमा विजयी भएको छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...