कटुञ्जेका ४२ घरधुरीलाई घर बनाउन सुरक्षित ठाउँ भएन

Pahiro le ghar jokhim

नुवाकोट । निरन्तरको पहिरोले सूर्यगढी गाउँपालिका–२ बागेश्वरी कटुञ्जेका ४२ घरपरिवार उच्च जोखिममा परेका छन् । बस्तीको तल र माथि दुवैतर्फबाट निरन्तर पहिरो बगिरहेका कारण उनीहरु सुरक्षित स्थानमा बासस्थानमा छन् ।

भूकम्पका कारण आवास क्षति बेहोरेर लाभग्राही सूचीमा सूचीकृतसमेत भएका उनीहरुले प्राविधिकले ‘बस्ती असुरक्षित’ भनेपछि नयाँ आवास निर्माण गर्न बञ्चित भएका छन् ।
सूर्यगढी–४ का वडाध्यक्ष वासुदेव अधिकारीका अनुसार विसं २०६६ देखि पहिरो बग्न थालेको कटुञ्जेमा भूकम्पपछि थप हुँदै गएको हो । भूकम्पपछि पहिराले क्षति पु¥याएको जमिनको परीक्षण गरेका भू–गर्भविद्ले गाउँ असुरक्षित भनेपछि दीर्घकालीन सुरक्षित स्थानको व्यवस्था गर्न पीडितले पुनःनिर्माण प्राधिकरण, गाउँ र जिल्ला दैवी प्रकोप उद्धार समितिसमक्ष समेत निवेदन दिएका छन् ।

सरकारले जोखिम बस्तीका बासिन्दा, सुकुम्बासी, भूमिहिनका लागि सुरक्षित स्थानमा घडेरी खरिद गर्न बढीमा २ लाखसम्म दिने अथवा १० परिवार मिलेर संयुक्त रुपमा निवेदन दिएमा एकीकृत बस्तीको निर्माणमा सहयोग पु¥याउने कार्यविधि भए पनि कार्यान्वयन नहुँदा पहिरोको जोखिमका बासिन्दाको पुनःस्थापना कठिनाइ भएको छ ।

पहिरोको जोखिमका कारण नयाँ घर बनाउन सुरक्षित स्थानको अभावले पीडितले घर बनाउनबाट बञ्चीत भएपछि सुरक्षित स्थानमा स्थानान्तरण र आवास निर्माणका लागि जग्गाको व्यवस्था मिलाउन पीडित परिवारले माग गरेका छन् ।

भूकम्पले घरमा क्षति पु¥याएर पीडित भएकालाई पहिरोले बस्ती नै बगाउन थालेपछि नयाँ घर बनाउन सुरक्षित स्थानमा घडेरीको व्यवस्थापन गरिदिन प्रभावितले पुनःनिर्माण प्राधिकरण जिल्ला समन्वय समितिको सचिवालय नुवाकोटसमक्ष माग गरेका छन् ।

भूकम्पले आवास क्षति पु¥याएर अस्थायी बासस्थान बासोबास गर्दैै आएकाको सिंगो बस्ती पहिराको समेत जोखिममा परेकाले ज्यान जोगाउन मुस्किल भएको पीडित रुद्रबहादुर अधिकारीले बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...