अदुवा उत्पादनमा वृद्धि वार्षिक ६ हजार ६ सय ६ मेट्रिकटन उत्पादन
तेह्रथुम । यस वर्ष गत वर्षको तुलनामा अदुवा उत्पादनमा वृद्धि भएको छ ।
यस वर्ष जिल्लामा २ सय ६० हेक्टर जमिनमा गरिएको अदुवाखेतीबाट ३ हजार ९ सय ५२ मेट्रिक टन अदुवा उत्पादन भएको थियो । यस वर्ष गत वर्षभन्दा ६ हजार ६ सय ६ मेट्रिक टन बढी अदुवा उत्पादन भएको हो । गत वर्ष ३ हजार २ सय ८६ मेट्रिक टन उत्पादन भएको थियो ।
परम्परागत रुपमा घरायसी प्रयोजनका लागि मात्र प्रयोग हुँदै आएको अदुवा पछिल्लो समय कृषक व्यावसायिक बन्न थालेपछि उत्पादनमा वृद्धि भएको जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत रोहिणीराज घिमिरेले बताए । मूल्यमा आएको गिरावटका कारण किसानले यस वर्ष पनि उल्लेख्य आम्दानी लिन सकेनन् ।
मुख्य बजार भारत भए पनि भारतीय बजारमा पटक–पटक नेपाली अदुवाको निकासी रोकिएपछि किसान मारमा परेका हुन् । जिल्लामा विगत वर्षमा प्रतिकिलो ७५ सम्ममा कारोबार भएको अदुवाको यस वर्ष प्रतिकिलो २५ मा मात्रै कारोबार भयो । कुल उत्पादनको करिब १५ प्रतिशत अदुवा जिल्लाभित्रै खपत हुन्छ । बाँकी जिल्ला बाहिर बिक्रीका लागि पठाउने गरेको घिमिरेले बताए ।
प्रतिकृया दिनुहोस