ट्राफिक प्रहरी महाशाखाद्घारा मिटरमा जान नमान्ने ट्याक्सीलाई कारबाही

Mtr speeding fines

काठमाडौ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले मिटरमा जान नमान्ने ३८ ट्याक्सीलाई नियन्त्रणमा लिई कारबाही गरेको छ । 

सिभिलमा खटिएको टोलीले आइतबार यात्रुलाई गन्तव्यमा पु¥याउन नमान्ने, बढी भाडा लिई यात्रु बोक्ने साथै अनेक बहाना बनाइ यात्रुलाई सेवा दिन नमान्ने ट्याक्सीलाई कारबाही गरेको हो ।

महाशाखाका प्रहरी नायब महानिरीक्षक सर्वेन्द्र खनालले यात्रुलाई बाटोमा अलपत्र बनाएर अनेक बहाना बनाएर सेवा दिन नमानेका ट्याक्सीलाई कारबाहीको दायरामा ल्याएको जानकारी दिए ।

महाशाखाले मिटर नजोडेका तीन, कागजपत्र नलिइ सवारी चलाएका दुई ट्याक्सीलाई थप कारबाहीका लागि नापतौल तथा गुणस्तर विभाग र यातायात विभाग पठाएको छ ।

महाशाखाले यस अगाडि प्रिन्टर मेसिन नजोडी यात्रुलाई ठगेको आरोपमा १५० भन्दा बढी ट्याक्सीलाई नियन्त्रणमा लिई कारबाही गरेको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...