बाढीपीडितलाई राहत वितरण

Rahat bitaran

काठमाडौं । नेपाल स्वयम्सेवक संघले संकलन गरेको राहत सामाग्री शनिबार बारामा वितरण गरिएको छ ।

संघका उपाध्यक्ष मोहन गमालका अनुसार, संघले संकलन गरेको जिन्सी सामाग्री उद्योग वाणिज्य संघ बारालाई यसअघि नै हस्तान्तरण गरिएको थियो ।

पाइन्ट, टिसर्ट, बच्चाले खाने लिटो लगायतका सामग्री काठमाडौंका नयाँ वसपार्क, बालाजु, कलंकी, सुन्धारालगायतका क्षेत्रबाट संकलन गरिएको हो ।

३ वर्षअघि स्थापित संघले भूकम्प प्रभावितका लागि पनि त्यतिबेला राहत र उद्धार गरेको गमालले जनाए । झण्डै १० लाख रुपैंयाभन्दा बढीको सामाग्री वितरण गरिएको संघले जनाएको छ ।

त्यसैगरी मानव बिकास समाज नेपालले बाढीपीडितका लागि राहत भन्दै धुर्मुस सुन्तली फाउण्डेसनमा ७७ हजार एक सय ४८ रुपैंया जम्मा गरिदिएको छ ।

समाजले फाउण्डेसनको कृषि विकास बैंकको खातामा रकम पठाएको अध्यक्ष रबिन्द्र श्रेष्ठले जनाए । उनले स्वेच्छिक चन्दादाताबाट प्राप्त रकम र संकलन गरेको रकम बुझाएको जनाएका छन् ।

१२ वर्ष अघिदेखि सामाजिक कार्यमा संलग्न समाजले देशमा दैवीप्रकोपको घटना देखा पर्दा आफ्नो ठाउँबाट सामाजिक सेवा गर्दै आएको उल्लेख गरेको छ । ‘ अलिकति धेरै रकम संकलन गरे सम्वन्धित ठाउँमा नै जाने सोच बनाएका थियौं तर त्यो सम्भव भएन ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...