चक्रपथ वरपर सञ्चालन भएका घरटहरा हटाउने कार्य शुरु

4df1dde50e1a650e80cb340b1f896e42

काठमाडौँ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले चक्रपथ किनारामा अवैध रुपमा सञ्चालन भएका पसल हटाउने काम शुरु गरेको छ ।

महाशाखाले शनिबार सडक विभागसँग सहकार्य गरेर बसुन्धरा क्षेत्रको सडकका वरपर रहेका ५ वटा घरटहरा हटाएको हो । साथै चक्रपथ क्षेत्रलाई व्यवस्थित बनाउन बाटोमा ट्राफिक संकेत राख्ने काम, बिजुलीका पोल सार्ने, अनावश्यक पार्किङस्थल हटाउनेलगायतका काम गरेको छ ।

महाशाखाका प्रमुख सर्वेन्द्र खनालले बाटोको किनारामा रहेका पसल तथा अव्यवस्थित पार्किङले सवारी आगागमनमा समस्या परेको भन्दै उक्त अभियान सुरु गरिएको जानकारी दिए ।

उनले यो अभियान पहिलोचरणमा महाराजगञ्ज चोकदेखि कलंकीसम्म सञ्चालन गरिने र विस्तारै अन्य ठाउँमा पनि लैजाने बताए । गत हप्तादेखि सुरु भएको यो अभियानमा जनप्रतिनिधि, स्थानीयवासी, विभिन्न स्कुल तथा कलेजका विद्यार्थीले समेत साथ दिँदै आएका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...