बाढीपहिराबाट १९ बालबालिकाको मृत्यु

Badi flood

काठमाडौँ । मुलुकका विभिन्न जिल्लामा आएको बाढीपहिराका कारण विद्यालयका १९ बालबालिकाको मृत्यु भएको छ । 


पहाडी जिल्लामा आएको पहिरो तथा तराई जिल्लामा आएको बाढीका कारण सिन्धुली, डोटी, सुर्खेत, बारा, दाङ, कैलाली, सर्लाही, बाँके, सिरहा, सप्तरी, धनुषा, मकवानपुर र चितवनका विद्यार्थीको मृत्यु भएको शिक्षा मन्त्रालयका सूचना अधिकारी सरस्वती पोखरेलले जानकारी दिइन् । 

त्यस्तै ती जिल्लाका करिब ५०० विद्यालयको भौतिक संरचनामा क्षति पुगेको छ । सुनसरी र झापाको क्षति विवरण आउन बाँकी रहेको मन्त्रालयले जनाएको छ । प्रभावित जिल्लाका पीडितले आश्रय लिएका कारण विद्यालयहरु सञ्चालन हुन सकेको छैन । 

सप्तरीका ३८ विद्यालयमा करिब रु दुई करोड mर धनुषाका २६ विद्यालयमा करिब रु ६६ लाखको क्षति भएको जनाइएको छ । अन्य जिल्लाको क्षतिको विवरण संकलन गरिने क्रममा रहेको पोखरेलले जानकारी दिनुभयो । क्षति भएका केही विद्यालयको पुनःनिर्माण गरी सञ्चालन गर्नुपर्ने बताइएको छ । 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...