प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन दुई चरणमा
काठमाडौं । निर्वाचन आयोगले आगामी प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन दुई चरणमा गर्ने भएको छ ।
आयोगले पहिलो चरणमा ३२ र दोस्रो चरणमा ४५ जिल्लामा गर्ने भएको हो । आयोगको आज बसेको बैठकले पहिलो चरणको निर्वाचन मंसिर १० र दोस्रो चरणको निर्वाचन मंसिर २१ मा हुने कार्यतालिका सार्वजनिक गरेको छ ।
आयोगले स्थानीय तहको निर्वाचन पनि दुई चरणमा गर्ने भनेको थियो । तर, मधेशी मोर्चाको आन्दोलनका कारण तिन चरणमा पु¥याएको थियो ।
प्रतिकृया दिनुहोस