निर्वाचनमा महिलालाई उपप्रमुख र उपाध्यक्षमा मात्र सीमित गरिएको गुनासो
तेस्रो चरणको स्थानीय तहको निर्वाचनमा महिलालाई प्रमुखको उम्मेदवार बनाउन माग
काठमाडौँ । आगामी असोज २ गते हुने तेस्रो चरणको स्थानीय तहको निर्वाचनमा राजनीतिक पार्टीले महिलालाई प्रमुख र अध्यक्षको उम्मेदवार बनाउनुपर्नेमा जनप्रतिनिधिले जोड दिएका छन् ।
जागरण नेपालद्वारा यहाँ आज आयोजित ‘स्थानीय तह निर्वाचनः महिला सहभागिता चुनौती र आगामी रणनीति’ विषयक राष्ट्रिय कार्यशाला गोष्ठीमा स्थानीय तहका प्रमुख र अध्यक्षहरूले पहिलो र दोस्रो चरणको निर्वाचनमा महिलालाई उपप्रमुख र उपाध्यक्षमा मात्र सीमित गरिएको भन्दै गुनासो गरे ।
काठमाडौँ महानगरपालिकाका उपप्रमुख हरिप्रभा खड्गीले स्थानीय तहको निर्वाचनअन्तर्गत असोज २ गते हुने २ नं प्रदेशको स्थानीय तहको निर्वाचनमा महिलालाई उपप्रमुख र उपाध्यक्षमात्र भन्दा पनि प्रमुख र अध्यक्षको उम्मेदवार बनाउन राजनीतिक दलका नेतालाई आग्रह गरिन् ।
'अधिकार मागेर कसैले दिँदैन, अधिकार लिनका लागि लड्नुपर्छ, पार्टीभित्र र बाहिर पनि संगठित भएर संघर्ष गर्नुपर्छ, अहिले नभए पनि अबको पाँच वर्षपछि हुने स्थानीय तहको निर्वाचनमा महिला प्रमुख हुने गरी पैरवी र तयारी गर्नुपर्छ', उपप्रमुख खड्गीले भनिन् ।
पहिलो र दोस्रो चरणको स्थानीय तहको निर्वाचनबाट करिब ४१ प्रतिशत महिला स्थानीय जनप्रतिनिधिमा निर्वाचित भएका छन् । दिपायल नगरपालिकाका प्रमुख मञ्जु मरासिनीले राज्यका कार्यकारी पद, नीति निर्माणलगायत हरेक संरचनामा महिलाको समान सहभागितालाई व्यावहारिकरूपमा कार्यान्वयन गर्नुपर्छ भनिन् ।
संविधानको धारा ३८ को उपधारा ४ मा राज्यका सबै तहमा महिलालाई समानुपातिक समावेशी सिद्धान्तका आधारमा सहभागी हुने हक हुनेछ भनी उल्लेख गरिएको छ ।
जागरण नेपालका अध्यक्ष सम्झना पोखरेल, महिला अधिकारकर्मीद्वय शर्मिला कार्की र लिली थापाले अधिकारका लागि सम्पूर्ण महिला एकीकृतरूपमा अगाडि बढ्नुपर्नेमा जोड दिइन् ।
सम्बन्धित समाचार
ताप्लेजुङको अद्वितीय सिङ्जेमा ताल
फुङ्लिङ । ताप्लेजुङको सिङ्जेमा ताल, प्राकृतिक सुन्दरता र धार्मिक आस्थाको अद्वितीय सङ्गमका रुपमा, ...
मिथिलाञ्चल क्षेत्रमा चौरचन पर्वको रौनक
धनुषा । जनकपुरधामसहित सम्पूर्ण मिथिलाञ्चल क्षेत्रमा अहिले चौरचन पर्वको रौनक देखिएको छ । मिथिलाको ...
पर्यटकको रोजाईमा खैरहनीको ट्रि टावर : नपुग्ने पछुताउँछन्, पुग्ने रमाउँछन्
चितवन (माढी) । माढी नगरपालिका वडा नं. ४ मा रहेको एउटा डाडा, जहाँका माटो अत्यन्तै रातो छ । अलिअलि ...
प्रधानमन्त्रीसहित गठबन्धनका नेताहरूले निजगढ विमानस्थलको स्थलगत निरीक्षण गर्ने
काठमाडौँ । सत्तारुढ पाँच दलीय गठबन्धनका नेताहरुले बाराको निजगढस्थित ‘अन्तर्राष्ट्रिय विमानस्थल न...
न्यून वातावरणीय क्षतिमा निजगढ विमानस्थल बनाउन सर्वोच्चको आदेश
काठमाडौँ । सर्वोच्च अदालतले निजगढमा विमानस्थल बनाउनका लागि अनुमति दिएको छ । बुधबार सर्वोच्चले वि...
पर्यटनमन्त्री आलेविरुद्ध उजुरी
काठमाडौँ । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेविरुद्ध संसद सचिवालयमा उजुरी परेको ...
आजदेखि निर्वाचन आचारसंहिता लागू, को कसलाई लागू हुन्छ आचारसंहिता ?
काठमाडौं । आगामी यही मङ्सिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि आजदेखि निर्वाचन आचारसंहिता ल...
प्रतिकृया दिनुहोस