पश्चिम बंगाल पर्यटन तथा व्यापार मेला हुने

काठमाडौँ । नेपाल–भारत दौत्य सम्बन्ध स्थापना भएको ७० औँ वर्ष पुगेको उपलक्ष्यमा यही भदौ १८ देखि २० गतेसम्म पश्चिम बंगाल पर्यटन तथा व्यापार मेला हुने भएको छ ।

नेपाल उद्योग वाणिज्य महासङ्घद्वारा नेपालस्थित भारतीय राजदूतावास र पश्चिम बंगाल उद्योग वाणिज्य सङ्घको संयुक्त आयोजनामा सोल्टी होटलमा पश्चिम बंगाल पर्यटन तथा व्यापार मेला हुन लागेको हो ।

नेपालस्थित भारतीय राजदूतावासले बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा राजदूतावासका कार्यबाहक राजदूत डा. अजय कुमारले नेपाल–भारत दौत्य सम्बन्धको ७० औँ वर्ष पुगेको अवसरमा दुवै देशको आर्थिक, सामाजिक, धार्मिक, पर्यटकीय, सांस्कृतिक सम्बन्धलाई मजबुत बनाउनका लागि मेलाको आयोजना गर्न लागेको जानकारी दिए ।

कावा राजदूत कुमारले भने ‘मेलाले नेपाल र भारतका उद्यमी व्यवसायी एक ठाउँमा भेला भएर आपसी आर्थिक तथा व्यवसायी सम्बन्ध विस्तारमा महत्वपूर्ण भूमिका खेल्नेछ ।’,

नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष भवानी राणाले पश्चिम बंगालका व्यवसायीलाई नेपालमा आएर लगानी गर्न सक्ने वातावरण निर्माण गर्न मेलाले महत्वपूर्ण भूमिका खेल्ने बताए ।

अध्यक्ष राणाले भने , ‘पश्चिम बंगालबाट आउने व्यवसायीले नेपालमा होटल, शिक्षा, फिल्म, स्टिल उद्योग, कृषि, कफीलगायतका क्षेत्रमा चासो देखाएका छन् यो मेलाले उक्त चासोको सम्बोधन गर्नेछ’, ।

आगामी दिनमा भारतीय सीमावर्ती शहर उत्तर प्रदेश, विहार, उत्तराखण्डलगायतका ठाउँमा यस्ता कार्यक्रम गर्दै जाने दूतावासले जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...