आफ्नै घरमा करेन्ट लाग्दा सैनिक जवानको मृत्यु

Death

मेलम्ची । सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका वडा नं १ भोटेचौरमा करेन्ट लागेर नेपाली सेनाका एक जवानको मृत्यु भएको छ ।

अछाम जिल्लाको दुर्गा बक्स गणमा कार्यरत ३० वर्षीय शिवराम चौलागार्इंको आइतबार आफ्नै घरमा विद्युत् चुहिएर घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक नवराज ढुंगानाले बताए ।

प्रहरी निरीक्षक ढुंगानाका अनुसार, ‘चौलागाईंको शव मेलम्चीस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा परीक्षण गराई आफन्तलाई जिम्मा लगाइएको थियो ।’ शव परीक्षणपश्चात् आफन्तले जिम्मा लिएपछि मेलम्चीमा दाहसंस्कार गरियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...