चितवनमा कृषि पत्रकारिता तालीम शुरु

Aa wheat field

चितवन। कृषि तथा कृषिजन्य विषय बस्तुलाई सञ्चार माध्यमसम्म पु¥याउने उद्देश्यले चितवनमा तिन दिने ‘कृषि पत्रकारिता तालीम’ शुरु भएको छ ।

सो अवसरमा सञ्चारविज्ञ डा टंकप्रसाद उप्रेतीले कृषि क्षेत्रमा खोजी गर्नुपर्ने विषय प्रशस्त रहेको बताउँदै समाचार कहाँ छ, भनेर त्यसको बास्ना पत्ता लगाउने क्षमता पत्रकारमा हुनुपर्नेमा जोड दिए ।

कृषि पत्रकार प्रतिष्ठानका महासचिव गोविन्द शर्माले विटकै रुपमा कृषि पत्रकारिताको अभ्यास भइसकेको उल्लेख गर्दै जिल्लाका पत्रकारले समेत कृषिलाई प्राथमिकतामा राखेर पत्रकारिता गर्नु आवश्यक भएको बताए ।

प्रशिक्षणका क्रममा पोल्ट्री विज्ञ तथा उद्योग वाणिज्य महासङ्घका कृषि वन समूहका संयोजक डा तिलचन्द्र भट्टराईले नेपालको कृषि क्षेत्रमा जुन किसिमको उत्पादकत्व बढाउनुपर्ने हो, त्यो हुन नसकेकोमा गुणासो गरे ।

कृषि सम्बन्धी राम्रो नीति नभएको र भएका नीतिनियम पनि कार्यान्वयन गर्ने निकाय नहुँदा कृषि क्षेत्र अगाडि आउन नसकेको बताउँदै उनले नेपालमा कुखुरामा आत्मनिर्भर हुनुमा निजी क्षेत्रको आफ्नै पहल रहेको छ भने।

जिल्लाका २० भन्दा बढी पत्रकार सहभागी सो तालीममा सञ्चार तथा कृषि क्षेत्रका विज्ञहरुले प्रशिक्षण दिइरहनुभएको छ । उत्पादन बढाउन सक्ने अवस्था नेपालमा रहेको बताउँदै अझै पनि ठूलो मात्रामा बीउ आयात गर्नुपर्ने अवस्था रहेको धारणा व्यक्त गरे ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...