तीन वर्षमा सबै स्थानीय तहमा पुस्तकालय बनाइने
काठमाडौं। शिक्षा मन्त्रालयले हरेक स्थानीय तहमा एउटा पुस्तकालय स्थापना गर्ने भएको छ ।
स्थानीय तहमा पठन संस्कृतिको विकास गर्नका लागि ७५३ स्थानीय तहमा एउटा पुस्तकालय स्थापना गर्ने मन्त्रालयका सहसचिव बैकुण्ठ अर्यालले जानकारी दिए । उनले आगामी ३ वर्षमा सबै स्थानीय तहमा सुविधासम्पन्न पुस्तकालय स्थापना गर्ने बताउए ।
यसै आर्थिक वर्षदेखि हामीले पुस्तकालय बनाउने काम शुरु गर्ने उल्लेख गर्नुभयो । उनका अनुसार यस आर्थिक वर्षमा ३५० स्थानीय तहमा पुस्तकालय बनाउने मन्त्रालयको योजना रहेको छ । जसका लागि मन्त्रालयले बजेटसमेत विनियोजन गरिसकेको छ ।
एउटा पुस्तकालयका लागि रु ६ लाख बजेट विनियोजन गरिएको छ । यसैगरी सातवटा प्रदेशमा पनि प्रादेशिक पुस्तकालय बनाउने उनले बताए ।
प्रतिकृया दिनुहोस