जेलको साँघुरो छिँडीभित्र थुनिएको हर्क दाइको हिरासत यात्रा

कमाएको पैसा श्रीमतीले सकिन्, गरीखान पनि दिइनन्

Jail karagar nepali g

जब हामीले इलाम कारागारमा उनलाई फेला पार्‍यौ । पसिना चुहिने गरी श्रम गर्नुपर्ने, थपीथपी भात खानुपर्ने, खैनी माड्दै अट्टहासपूर्ण हाँस्नुपर्ने, बुख्याँचाले जस्तै भाङ्ग्रो ज्याकेट भिर्नुपर्ने हर्क दाइलाई जेलको साँघुरो छिँडीभित्र थुनिएको देख्दा मलाई उकुसमुकुस भयो ।

त्यो चिसो भूँइमा थचारिएर, चिसो गाँस टिप्दै गर्दा आफ्नी निरीह पत्नी र नावालक बच्चाको झल्कोले हर्क दाइको मन कति भक्कानिँदो हो । ‘हामीले हिजो भाउजू र बच्चालाई भेट्यौं, राम्रोसँग बसिरहेका छन्’ भनेर सुनाउँदा हर्क दाइले सन्तोष माने । उनको चाहुरिएको अनुहारमा
तर, यर्थाथ अर्कै थियो ।

दर्के झरीमा हामीले हर्क दाइकी पत्नी र बच्चालाई भेट्दा उनीहरुको हाल बेहाल थियो । ओसिलो कोठामा बच्चा र आमा टीठलाग्दो गरी बसिरहेका थिए । छानाबाट पानी चुहिएर ओछ्यान भिजेको थियो । जेलको उराठलाग्दो छिंडीभित्र फेरि मैले हर्क दाइको अनुहार नियालें । ऊ नसकी नसकी हाँस्न खोजिरहेको जस्तो लाग्यो ।

आफ्नै सुरमा ज्यामी काम गरिरहेको हर्क दाइलाई सादा पोशाकमा आएका प्रहरीले यसरी पक्राउ गरे, मानौ उनले जघन्य कसुर गरेका छन् । काम गर्दागर्दै ठेला उठेको तातो हत्केलामा चिसो हतकडी लगाइयो । विहानदेखि काममा जोतिएका उनको पेटमा सायद अन्न पनि परेको थिएन । न खान दिए, न थकाइ मार्न दिए, न एकसरो लुगा फेर्न नै ।

परिवारलाई सुखको गाँस ख्वाउने मनोकांक्षा थियो, सायद । छिमेकीका अनुसार, दुखजिलो गरेर घरमा पैसा पनि पठाइरहेका थिए । तर, उनकी पत्नी पोइल हिँडी’ छमेकीले सुनाए, ‘इन्डियातिरका रतन सुनुवार भन्नेसँग ।पछि हर्क दाइकै छोराले आमालाई फर्काएर ल्याएछ । पत्नी फर्किएपछि फेरि हर्क दाइले मलेसियाबाट पैसा पठाए, पत्नीका नाममा ।

खाने चामल, तरकारी केही छैन भनेर यताबाट फोन गरेको रहेछ’ छिमेकी भन्छन्, ‘बिचराले पत्नी फर्किएको खुसीमा भनेजति पैसा पठाइदिए ।आइएमईमा पैसा निकाल्न हिँडेकी पत्नी फेरि घर फर्किइनन् । उनी पैसा लिएर पहिलेकै केटासँग टाप कसिन् ।फिक्कलमा आएर लुकिछिपी बसिरहेका उनीहरु छोराको उजुरीका आधारमा पक्राउ पनि परे ।

संखुवासभाकी एक युवतीसँग दोस्रो घरजाम गरे । आफ्नो घर जग्गा पहिली पत्नीकै नाममा थियो । ठीक यहीबेला पहिली पत्नी फर्किएर आइन् र उत्पात मच्चाउन थालिन् । तिनको ताण्डव स्थानीयवासीले सहन सकेनन् । ‘हर्क विदेशमा भएकै बेला अर्को पुरुषसँग पोइल गएको’ भन्दै स्थानीयले हस्ताक्षर समेत संकलन गरेर प्रहरीमा बुझाए ।

आफूमाथि गाली, बेइज्यती गरेको भन्दै स्थानीयवासीविरुद्ध हर्ककी पहिली पत्नीले उजुरी गरिन् । हर्कलाई जिल्ला प्रहरी कार्यलयमा बोलाइयो ।सोझो हर्क दाइले पहिली पत्नीले अर्कैसँग बिहे गरेर गइसकेपछि अर्को बिहे गरेका थिए ।

हर्क दाइमाथि ‘बहुविवाह’को मुद्दा चलाइयो । ‘पहिली पत्नीका बुवाको जिल्लाको नेतासँग राम्रो चिनजान रहेछ’ छिमेकी भन्छन्, ‘उनै नेताको सहयोगमा हर्कलाई थुनियो ।’ अन्ततः दिनभर हत्केलामा ठेला उठाएर पसिनाको गाँस खाने हर्क दाइ पक्राउ परे ।

उनीमात्र थुनिएनन्, उनको श्रम, सीप, उर्जा सबै थुनियो । ज्यामी काममा सीपालु, बलको काममा जाँगरिला, अप्ठ्यारा काममा हिम्मतिला हर्क दाइ अनुत्पादक भए । कति कर्मबीर हर्क दाइहरु यसरी नै हात बाँधेर जेलको पर्खालभित्र खुम्चिएका होलान् ।

नेपालको कारागारले करिब १४ हजार श्रमशक्तिलाई थुनेर राखेको तथ्यांक छ । त्यसरी थुनिएकामध्ये कोही ज्यामी होलान्, कोही मिस्त्री होलान् । कसैसँग खेती किसानीको अनुभव होला, कसैसँग यान्त्रिक ज्ञान होला । कसैसँग श्रम होला, कसैसँग सीप ।

यत्तिका कैदीलाई राज्यले दुई छाक ख्वाएर पाल्नुभन्दा उत्पादनशील काममा खटाउँदा हुँदैन सोझो हिसाबले मैले यस्तै सोचें । राज्यले लगानी गरेका कल कारखाना, सडक पुल निर्माण जस्ता भौतिक निर्माणका क्षेत्रमा कैदीहरुलाई खटाउन सकिन्छ कि ?

कैदीहरुलाई खुला आकासमुनि राख्दा भाग्न सक्ने वा अन्य आपराधिक दाउपेच रच्न सक्ने भय हुन्छ । तर, त्यो भय त्यसैमा हुन्छन् जसको प्रवृत्ति आपराधिक छ । किनभने जेलनेल भोगेका सबै आपराधिक मनोवृत्तिका हुँदैनन् ।

परिवन्ध, आवेग आदिले पनि उनीहरुलाई जेल पुर्‍याएको हुन्छ । कति त बिना कसुर पनि जेलनेल भोगिरहेका छन् ।नभए, जेलकै पर्खालभित्र थुन्दा उनीहरुको श्रम, सीप, जाँगर, सिर्जनशीलता नष्ट हुँदै जान्छ ।

त्यो कालो कोठाभित्र उनीहरुको मनमा ग्लानी, अपराधवोधले जरा गाड्छ, जो समाजका लागि थप प्रत्युत्पादक हुन सक्छ । जेल सजायँ भोगेर फर्किएका व्यक्तिलाई सामाजिक जीवनमा फर्कन पनि निकै गाह्रो हुन्छ ।

उनीहरुको मनोविकार हट्छ । आत्माग्लानी गर्नुपर्ने अवस्था पैदा हुँदैन । राज्यले अतिरिक्त व्यायभार बोक्नुपर्दैन । कैदीका परिवारको आर्थिक, मानसिक भार घट्छ । र, भौतिक निर्माणको काममा ठूलो श्रम शक्तिको अभाव टर्छ ।

आफ्नी पत्नी अर्कैसँग गइसकेपछि विहे गरेका हर्क दाइलाई पछिल्लो जायजन्म भइसकेको अवस्थामा नेताको भनसुन मार्फत प्रहरीले थुनेर राख्नु कत्तिको न्यायसंगत होला ? यो पनि प्रश्न उठेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...