चुल्ठो काटिने भयले महिला त्रसित

Hair cut

लुम्बिनी । रुपन्देही र कपिलवस्तुमा युवतीको चुल्ठो काटिएका घटना बढ्दै गएका छन् । भारतमा यस्ता घटनाका कारण युवती आतंकित छन् ।

रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाकी ३५ वर्षीया सुनिता परिवर्तित नाम को चुल्ठो बिहीबार बिहान काटिएको छ ।

सोही नगरपालिकाकी अर्की ३२ वर्षीया युवतीको टाउको पछाडिको भागमा केही भागको कपाल पूरै काटिएको थियो ।

यस्तो घटनाबाट रुपन्देहीमा १५ जनाभन्दा बढी महिला पीडित बनेका छन् । रुपन्देहीमा मात्रै नभई कपिलवस्तुमा पनि यस्ता घटना बढ्दै गएका छन् ।

उनीहरुको कपाल कैँचीले काटिएको जस्तो देखिन्छ । तर कसरी र कसले काटिदियो भन्ने खुलेको छैन ।

कपाल काटिएको देखेपछि बेहोस भएकी सुनिताले भैरहवाको भीम अस्पतालमा भनिन्, ‘केही समय टाउको झमझमाए जस्तो भयो ।

त्यतिबेला न्याउरी मुसो आएको जस्तो लाग्छ । एकै छिनमा रिंगटा लाग्यो । पछि होश आउँदा त कपालको चुल्ठो नै काटिएको रहेछ ।’

उनका अनुसार बेहोस हुनुअघिसम्म चुल्ठो काटिएको थिएन । त्यसपछि कसले काटिदियो उनले ठम्याउन सकिनन् ।

अस्पतालका अहेव गोपाल उपाध्यायका अनुसार उनीहरुलाई मानसिक उपचार र औषधि दिइएपछि स्वास्थ्य सामान्य हुँदै गएको छ ।

उनका अनुसार भीम अस्पतालमा मात्रै १७÷१८ जना यस्ता खालका बिरामी आएको र उपचार गरी घर फर्किएका छन् ।

कपाल काटिनेमध्ये अधिकांश महिला तराई मूलका रहेको उपचारमा संलग्न चिकित्सकले जनाएका छन् ।

भीम अस्पतालमा आएका घटनामध्ये पहाडी मुलकी महिला एकजनामात्रै आएको बताइएको छ ।

भारतमा पनि महिलाको कपाल काटिने घटनाले आतंक नै मच्चाएको छ । भारतको हरियाणा र राजस्थान राज्यमा ५० जनाभन्दा बढी महिलाको कपाल काटिएको खबर बाहिर आएको छ ।

रुपन्देहीका प्रहरी प्रमुख श्याम ज्ञवालीले महिलाको कपाल किराले काटेको बताउँदै कपाल काट्ने किरालाई कपाल काट्दै गरेको बेला नियन्त्रणमा लिएको दाबी गरे । प्रहरीले बेथरीबाट उक्त किरा समातेको बताएको छ ।

प्रहरीले यस्ता घटनामा घरकै कुनै सदस्य या महिलाको हात हुनसक्ने अनुमान गरिरहेको छ । महिला आफैँले आफ्नो कपाल काट्ने काम गरेर आतंक सिर्जना गरेको हुनसक्ने अनुमान गरिए पनि त्यसको पुष्टि हुन सकेको छैन ।

अहिलेसम्म कपाल काटिएका महिलाको कपाल घरभित्रै काटिएको पाइएको छ । कपाल काटिएर उपचार गर्न आएकामध्ये केही महिला २÷३ दिनको अन्तरालमा दोहोरिएर आएको चिकित्सकले जनाएका छन् ।

युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पताल भैरहवाका मानसिक रोग विशेषज्ञ डा. सञ्जीव रञ्जनले मास हिस्टेरिया नामक रोगका कारण यस्ता घटना बाहिर आएको बताए । चिकित्सकले हाउगुजीको पछि नलागी नडराइकन बस्न पनि सुझाएका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...