बुढानीलकण्ठ नगरपालिकाको कार्यालयमा तालाबन्दी
काठमाडौं । बुढानीलकण्ठ नगरपालिकाको कार्यालयमा तालाबन्दी भएको छ । गरपालिकाका कर्मचारीको मिलेमतोमा नेकपा एमाले नेताको घरमा मध्यरातमा तस्वीरसहितको मतदाता नामावली संकलन गरिएको खुलेपछि अन्य राजनीतिक दलहरुले नगरपालिकाको कार्यालयमा तालाबन्दी गरेका हुन् ।
मतदाता नामावली संकलन गर्न आएका कर्मचारीहरुले एमाले नगर अध्यक्ष दीपक निरौलाको घरमा राति २ बजेसम्म नामावली संकलन गरेको तर खास मतदाताहरुको नामावली संकलन नगरेको भन्दै बिरोध प्रदर्शन समेत गरेका थिए ।
नामावली संकलन गर्ने उपकरण समेत एमालेका स्थानीय नेता तथा कार्यकर्ताले कब्जा गरेर आआफ्नै घरमा नामावली संकलन गरेको अन्य राजनीतिक दलहरूले आरोप लगाएका छन् ।
कांग्रेस र माओवादी केन्द्रले यस अघि संकलन गरिएका मतदाता नामावली खारेज गरेर पुनः मतदाता नामावली संकलन गर्न जिल्ला निर्वाचन कार्यालयसंग माग गरेका छन् ।
रातको समयमा नामावली संकलन गर्ने केही व्यक्तिहरुलाई राति २ बजे नै एमाले नगर कमिटी अध्यक्ष निरौलाको घरबाटै प्रहरीले पक्राउ गरेको जनाइएको छ ।
प्रतिकृया दिनुहोस