पोखराको सिद्धीबक्स गणमा राती अचानक गोली चल्यो

प्यूठले गरे आफ्नै साथीको गोली हानी हत्या

Pokhara goli 1

पोखरा । पोखराको सिद्धीबक्स गणमा कार्यरत एक सैनिकले आफ्नै साथीको गाली हानेर हत्या गरेका छन् ।

पोखरा सिद्धीबक्स गणमा कार्यरत वसन्त लोहारले मंगलबार विहान साँढे ४ बजे आफ्नै सहकर्मी गणेश विष्टको हत्या गरेका हुन् ।

फेवा तालको किनारमा रहेको मन्दिरको सुरक्षार्थ खटिएका प्यूठ लुहारले घरायसी विवादका कारण विष्टको हत्या गरेको प्रहरी जनाएको छ । लुहार दार्चुलाका हुन् भने विष्ट बैतडीका हुन् ।

राति ३ बजेदेखि ६ बजेसम्मको ड्यूटीमा रहेका लुहारले बिहान ४ः३० बजे सुतिरहेका विष्टमाथि गोली प्रहार गरेका थिए । लुहारलाई अहिले सैनिक हिरासतमा राखिएको छ ।

मृतक विष्टको शरीरमा गोली लागेको छ । अन्य कारण भने खुलेको छैन । मृतक विष्टको शव पोष्टमार्टम गर्न पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगिएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...