निगमको जग्गा खरिदमा कमजोरी भेटिए कारवाही गर्छु : मण्डल

Shiv kumar mandal

काठमाडौं । नेपाल आयल निगम पेट्रोलियम पदार्थ भण्डारण गर्न जग्गा गर्दा लाखौंको अनियमितता भएको पाइएपछि चौतर्फी आलोचना भएको छ । संसदको लेखा समितिले पनि त्यसप्रति चासो देखाएको छ ।

संसदको लेखा समितिले आपूर्ती मन्त्री शिवकुमार मण्डललाई  नेपाल आयल निगमको जग्गा खरिद प्रक्रियामा निगमका अधिकारी संलग्न भएको विषयमा प्रष्टीकरण सोधेको थियो ।

समितिका सांसदहरुले नियम मिचेर निगमले खोला र काम नलाग्ने ठाउँमा जग्गा खरिद गरेको र त्यसवापत निगमका अधिकारीले अनियमितता गरेको विषयमा सांसदहरुले स्पष्टीकरण मागेका थिए ।

सांसदहरुको जवाफ दिँदै मन्त्री मण्डलले जग्गा खरिद प्रक्रियामा कुनै पनि त्रुटिए भेटिए विना पूर्वाग्रह कारवाही गर्ने प्रतिवद्धता जनाएका छन् । उनले भने, ‘जग्गा खरिद प्रक्रियामा यदि सकैले प्रक्रिया मिचेर अनियमितता गरेका रहेछ भने म कारवाहीको दायरामा ल्याउँछु ।’

मन्त्री मण्डलले त्यही कुरा सञ्चारकर्मीलाई पनि बताएका छन् । ‘कुनै पनि ठूला गडवडीमा ठूला शक्ति केन्द्रको हात हुन्छ र त्यो नियन्त्रण हुन सक्दैन भन्ने सामान्य बुझाई छ’ उनले भने, ‘छानविनमा गल्ती देखियो भने म कसैको दबाबमा परेर एक्सन लिनबाट पछि हटदिन ।’

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...