दृष्टिविहीनलाई सेतो छडी निःशुल्क

Sentire 05

काठमाडौं। नेपाल नेत्रहीन सङ्घले आफ्नो रजतजयन्ती वर्षका अवसरमा मुलुकभरका ३ हजार दृष्टिविहीनलाई निःशुल्क सेतो छडी वितरण गर्ने भएको छ ।

दृष्टिविहीनलाई एक्लै हिँड्डुल गर्दा सहयोगी हुने सो सेतो छडी यो वर्ष हालसम्म ५ सय वितरण गरिसकिएको सङ्घका केन्द्रीय सचिव शिशिर खनालले जानकारी दिए ।

‘हेल्पिङ ह्यान्ड्स’का सञ्चालक दिनेश थापाको सहयोगमा ती छडी वितरण शुरु भएको हो । चीनबाट ल्याइने ती छडीको प्रतिथान मूल्य ७ सय देखि १ हजारसम्म पर्छ तर सामान्यतयाः १ वर्ष मात्र टिक्ने भएकाले नियमित वितरण गर्नु परेको सङ्घका कार्यकारी निर्देशक नरबहादुर लिम्बूले बताए ।

सङ्घले आगामी माघ ८ गते रजतजयन्ती समारोह र आगामी असोज २७ गते मकवापुरको हेटौँडामा दशौँ महाधिवेशन गर्दैछ । विसं २०४९ साल माघ ८ मा स्थापित सङ्घको हाल ४७ जिल्ला शाखा र ३ हजार ५ सय सदस्य छन् ।

दृष्टिविहीनका लागि निर्वाचनमा विद्युतीय मतदान राख्नुपर्ने, बैंकहरुमा आफैँले खाता खोल्न पाउनुपर्ने, घरजग्गा पासमा साक्षी राखेर मात्र कारोबार गर्ने व्यवस्था हट्नुपर्ने मुद्दा आफूहरुले उठाउँदै आएको नेपाल अपाङ्ग मानव अधिकार केन्द्रका महासचिव जगदीशप्रसाद अधिकारीले बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...