महिला हिंसा रोक्न प्रहरीको ‘सेफ्टी पिन’ अभियान, गाडीमा

Bom bahadur bhandari

काठमाडौं । सार्वजनिक सवारीसाधनमा महिलाहरुमाथि हुने यौनजन्य हिंसा रोक्न प्रहरीले ‘सेफ्टी पिन’ अभियान सञ्चालन गर्ने भएको छ ।

सार्वजनिक सवारीसाधनमा यात्रा गर्दा महिलाहरु यौन हिंसामा पर्ने गरेका घटना बढ्न थालेपछि नियन्त्रणका लागि महानगरीय प्रहरीले अभियान नै चलाउन लागेको हो ।

३ महिनासम्म यो अभियान चलाइने महानगरीय प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक डीआईजी बमबहादुर भण्डारीले जानकारी दिए ।

अभियान अन्तर्गत महानगरमा सार्वजनिक सवारीसाधनमा महिलामाथि हुने यौनजन्य हिंसा रोक्न जनचेतनामूलक कार्यक्रमसँगै ‘स्टिङ अप्रेसन’ गरिने डीआईजी भण्डारीले बताए ।

यो कार्यक्रम अन्तर्गत हामी जनचेतनामूलक प्रचारप्रसार कार्यक्रम गर्छौं,’ डीआईजी भण्डारीले भने, ‘कानुनी कारबाहीका लागि स्टिङ अपरेसन पनि गर्छौं ।

महिलामाथि हुने यौन हिंसा रोक्न सार्वजनिक यातायातमा ३ जनाको टोली नै खटाइने योजना प्रहरीको छ । ‘हामीले स्टिङ अप्रेसनका लागि तीन जनाको टोली बनाएका छौं,’ उनले भने, ‘त्यो टोली सवारी साधनमै हुन्छ, हिंसा गरेको पाइए त्यहीबाट कारबाही सुरु हुन्छ ।’

३ महिनासम्म अभियान सञ्चालन भएपछि कार्यक्रमको प्रभावकारिताको मूल्यांकन गरी थप योजना बनाइने डीआईजी भण्डारीले बताए । कार्यक्रम प्रभावकारी भए पुनः सञ्चालन गर्न सकिने र नभए नयाँ कार्यक्रम ल्याइने उनले बताए ।

‘सेफ्टी पिन’ अभियानका लागि प्रहरीले यातायात व्यवसायी महासंघ, यातायात व्यवसायी संघ, बागमती अञ्चल समिति र सामुदायिक सेवा उपत्यका समन्वय परिषद् र सामुदायिक सेवा केन्द्रहरुसँग समेत समन्वयन गरेको छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...