धनकुटामा सीपमुलक तालिम सुरु

Dhankuta talim

धनकुटा । धनकुटामा ३ महिने निःशुल्क कम्प्युटर प्रविधिमार्फत सुईटर बुनाई तालिम लगायत विभिन्न प्रकारका शिप मुलुक तालिमहरु सुरु भएको छ ।

समृद्धी मुलुक निर्माण गर्ने अभियानअन्तर्गत नेपाली कांग्रेस धनकुटाले गरिव, असाहय तथा वेरोजगारहरुलाई विभिन्न प्रकारका शिपहरु प्रदान गरी रोजगार तथा स्वरोजगार बनाई आय आर्जन गर्न लगाई आर्थिक समृद्धी बनाउन विभिन्न सीपमुल्क तालिम सञ्चालन गर्न थालेको हो ।

नेपाली कांग्रेस धनकुटाका निर्वतमान सभापति तथा सांसद मनोहर नारायण श्रेष्ठको सांसद विकास कोष र पार्टीको आन्तरीक व्यवस्थापनमा १५ लाख रुपैया बराबरको लागतमा कम्प्युटर प्रविधिको मेसिनहरु खरीद गरी सीपमुलक तालिमहरु सुरु गरिएको नेपाली कांग्रेसका कोषाध्यक्ष दिनेश राईले बताए ।

कम्प्युटर प्रविधिबाट सुईटर बुनाई तालिममा १६ जना, सिलाई कटाई तालिममा १४ जना र आधारभूत कम्प्युटर तालिममा २० जनाले भाग लिएका छन् । कम्प्युटर प्रविधिबाट सुईटर बुनाई तालिम र सिलाई कटाई तालिममा प्रशिक्षक सुनिलकुमार सैनीले प्रशिक्षण दिनेछन् ।

सबलाई रोजगार तथा स्वरोजगार बनाउने उदेश्यले नेपाली कांग्रेस धनकुटाले गत आर्थिक वर्षमा मात्र सिलाई कटाई तालिम, कुक, वयटर, सुरक्षा कार्ड, हाउस हावरिङ, व्यूटीसिएनसम्बन्धी तालिम सञ्चालन गरी ३ सय ५६ जनालाई सीप सिकाएको सचिव बिजय सन्तोषी राईले बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...