हिँड्दाहिँड्दै करेन्ट लाग्दा दुबै खुट्टा जल्यो

Electric shot 17

काठमाडौँ । सडक किनारमा हिँडिरहेका एक पैदलयात्री बिजुलीको पोलबाट करेन्ट लागेर गम्भीर घाइते भएका छन् ।

मंगलबार बिहान उत्तरढोका सडकमा हिँडिरहेको बेला करेन्ट लागेर एक जना गम्भीर घाइते भएका हुन् । रामेछापको बेथान–३ घर भएका २९ वर्षीय राजु लामाको दुबै खुट्टा जलेका छन् । अहिले लामाको बीर अस्पतालमा उपचार भइरहेको छ ।

सडक किनारमा हिँडिरहेको बेला बिजुलीको पोलमा करेन्ट सट भएर झिल्का उठेको र त्यसैबाट करेन्ट लागेको स्थानीयले बताएका छन् । केही दिन अघि नयाँबानेश्वर, अनामनगर लगायतका क्षेत्रमा पनि पोलहरुमा करेन्ट सट भएर आगो लागेको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...