२ करोडबढी समितिको खातामै थन्कियो, उस्तै छ जुरे पहिरोपिडितको व्यथा

Jure2 ot

सिन्धुपाल्चोक । सिन्धुपाल्चोक को मध्यरातमा गएको जुरे पहिराको गएको ३ वर्ष पूरा भएको छ। जुरे पहिरो गएको ३ वर्ष पूरा हुँदासमेत पहिरो पीडितको अवस्था फेरिन सकेको छैन।

पहिरो पीडितहरु ३ वर्षदेखि अझै अरूकै जग्गामा टहरो बनाएर बसिरहेका छन्। ३ वर्षदेखि पीडित अरुको आश्रमामा जिविका गुजारीरहेको अवस्थामा दाताले दिएको सवा २ करोड रुपैयाँ जिल्ला दैविक प्रकोप उद्धार समितिको खातामै थन्किएको छ।

पीडितको अवस्था झन् दयनीय बनिरहँदा पनि विविध कारणले दाताको सहयोग वितरण गर्न नसकेको प्रमुख जिल्ला अधिकारी अन्तरबहादुर सिलवाल बताउँछन्।

दाताको सहयोग कुरेर बसेको जुरे पीडितहरुको राजनीतिक दलबीच समन्वय हुन नसक्दा वितरण हुन नसकेको हो। जुरेपहिरो पीडित अझै सुनकोसी गाउँपालिकाअन्तर्गत माँखाको लामोसाँघु बजार आसपासमा आश्रय लिएर बसिरहेका छन् ।

लामोसाँघुस्थित म्याग्नेसाइड, कोलेनीदेखि बजारको माथिल्लो भागमा सय परिवार पाल, टहरा हालेर बसिरहेका छन्। कतिपय म्याग्नेसाइडको भवन टालटुल गरेर बसिरहेका पहिरोपीडित चन्द्रमान तामाङ बताउँछन्।

यसकारण थन्कियो दाताको सहयोग पहिरो पीडितमा नाममा आएको २ करोड २४ लाख रुपैयाँ दाताको सहयोग कुन तवरबाट वितरण गर्ने भन्ने एक खालको निर्णय नै हुन नसक्दा राहत वितरणमा कठिनाइ भएको प्रमुख जिल्ला अधिकारी सिलवालको भनाइ छ।

राहत तत्काल वितरण कसरी गर्ने भन्नेमा राजनीतिक दलको विवादकै कारणले पनि पछि परेको हो। दलहरुबीच कसरी वितरण गर्ने भन्ने कुनै निर्णयमा सहमति हुन सकेको छैन। सो रकम कसरी वितरण गर्ने भन्ने कुनै प्रक्रियासमेत अझै थालनी भएको छैन।

के भएको थियो क्षतिरु मध्यरातको १२ बजे इटनीको भीर खस्दा पहिरोले पुरिएर १ सय ४५ जनाले ज्यान गुमाएका थिए। आफन्त र आवास गुमाएका १ सय २२ परिवारले भूकम्पपीडित सरहको अनुदान पाएका छन्।

जुरे पहिरोमा सर्वस्व गुमाएका पीडितले ३ वर्षपछि भूकम्पपीडितसरहको अनुदान पाए पनि घर बनाउन सकेका छैनन्। पहिरोमा के कति क्षति भएको थियो भन्ने यकिन विवरण नै हुन सकेन। पहिरोले भोटेकोसी नदीलाई २४ घन्टा पूरै थुनेर राखेको थियो ।

जमेको ताल एक्कासि फुटेको भए के कति क्षति हुन्थ्यो त्यो कल्पनासमेत गर्न सक्ने अवस्था थिएन। ताल विस्तारै फुटेर नदीको धारमा रुपान्तरण भएपछि जमेको तालबाट ठुलो क्षति हुन पाएन।

भूकम्पपीडितसरह राहत जुरे पहिरो पीडितलाई भूकम्प पीडितसरह राहत वितरण गरिने भएको छ। केही पीडितले पहिलो किस्ताबापतको ५० हजार पाइसकेको भए पनि कसैको प्रक्रियामै रहेको छ। साबिक धुस्कुन र टेकानपुर गाविसका पीडितले यसअघि नै भूकम्पपीडित राहत पाइसकेका थिए।

तर, कतैबाट राहत पाउन नसकेका साबिक राम्चे र माङखा गाविसका २० परिवारमध्ये राम्चेका ३ र माङखाका ७ सहित १० परिवारलाई भूकम्पपीडितसरह राहत वितरणका लागि सम्झौता भइसकेको र बाँकी परिवारका लागि सम्झौताको पहल भइरहेको सहरी विकास तथा भवन डिभिजन कार्यालय सिन्धुपाल्चोकका प्रमुख युवराज पौडेलले जानकारी दिए।

पीडितलाई राहत वितरणका लागि मापदण्ड पुनः वर्गीकरण गर्न जिल्लास्तरमा गठित समन्वय समितिले प्रतिवेदन दिएको थियो। त्यसैको आधारमा हालै निर्वाचित वडाध्यक्ष र सचिवको सिफारिसका आधारमा राहत वितरण गरिएको गरिएको थियो।

प्रभावितमध्ये जग्गा नहुनेलाई जग्गा खरिद गर्न थप ५० हजारसमेत उपलब्ध गराइएको प्रमुख पौडेलले बताउँछन्। आफ्नो जग्गा जति पहिरोले लग्यो कति पर्ने अरूको भर भूकम्पपीडितसरह पहिलो किस्ता ५० हजार अनुदान भएका जुरेपीडित आवास कहाँ बनाउने अन्योलमा परेका छन्।

सबै जग्गा पहिरोमा परेपछि पहिलो किस्ताबापतको ५० हजार रुपैयाँ लिएकाहरुलाई घर कहाँ बनाउने भन्ने अन्योलता भएको छ। कतिञ्जेलसम्म आफ्नो दैनिकी अरुको आश्रयमा चलाउनु भन्ने गुनासो गरेका छन्।

जुरे पहिरोपछि सीमा क्षेत्रमा निरन्तर विपद् ०७१ साल साउनको ७१ गते जुरेमा पहिरो गएपछि सिन्धुपाल्चोकको चीनसँग जोड्ने प्रमुख व्यापारिक तातोपानी सीमाक्षेत्रमा निरन्तर विपद्को सामना गर्नपरेको छ । जुरे पहिरोपश्चात् ०७२ वैशाख १२ गते विनाशकारी भूकम्पले सिन्धुपाल्चोक मात्र नभई १४ जिल्लालाई पूरै थला पार्यो ।

विनाशकारी भूकम्पको पीडा सेलाउन नपाउँदै ०७३ साल असार २१ गते भोटेकोसीले उर्लिएपछि सीमाक्षेत्रको स्थानीयको पीडामा झन् पलाउँदै गयो ।

यसै साल पनि तातोपानी नाका जोड्ने लार्चाको पुल पहिरोले पुर्याएपछि सिमावासिमा शान्तिको सास फेर्ने अवस्था रहेन। पहिरोदेखि सुरु भयो तातोपानी नाकामा अवरोध ०७१ सालको जुरे पहिरोबाट विस्तारै खुल्ने तरखरमा रहेको तातोपानी नाका विनाशकारी भूकम्पले पूरै थलायो।

भूकम्पपछि सामान्य अवस्थामा फर्कन सुरु भएपछि पुनः खुलाउने तरखरमा रहेको नाकामा भोटेकोसी बहुलाएपछि तातोपानी नाका खुल्नेमा शंका उत्पन्न भयो।

थलिएको तातोपानी नाका उठ्ने तरखरमा थियो। भौतिक पूर्वाधारहरु पूर्ण रुपमा तयार भइइसकेका थिए। तर, भोटेकोसी बाढीले कोदारी राजमार्गअन्तर्गत चीनसँगको प्रमुख तातोपानी नाका जोड्ने लार्चाको पुल भाँचिएपछि तातोपानी नाकाको भविष्य नै संकटमा परेको छ। पुल भाँचिएसँगै चीनसँगको प्रमुख व्यापारिक तातोपानी नाकासँगको सम्बन्धविच्छेद नै भएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...