पाल्पामा १८ प्रतिशत धान रोपाइँ
पाल्पा । पाल्पामा १८ प्रतिशत मात्रै धान रोपाइँ सकिएको छ ।
यहाँका अधिकांश भागमा आकासे पानीको भरमा धान रोपाइँ हुने गरेको छ ।
असारको अन्तिम साताबाट मात्र रोपाइँको चटारो हुने कृषक बताउँछन् । अधिकांश भागमा कृषक सिँचाइ सुविधा नहुँदा आकासे पानी भर पर्नुपर्छ ।
जिल्लामा आठ हजार ६ सय २० हेक्टर क्षेत्रफलमा वर्षे धान र करिब ७ सय सय हेक्टरमा हिउँदे धान खेती गरिन्छ ।
जिल्लाको माडीफाँट, अर्गलीफाँट, दोभानफाँटलगायत स्थानमा धान रोपाइँ भएको छ ।
प्रतिकृया दिनुहोस