स्थानीय तहबाटै मतदाता नामावलीमा नाम दर्ता गर्न पाइने

Foto sahit namawali

काठमाडौं । निर्वाचन आयोगले अब स्थानीय तहबाटै फोटोसहितको मतदाता नामावली संकलन गर्ने भएको छ । आयोगले मतदाता नामावली संकलनक म्याद पनि थपेको छ ।

यसअघि आयोगले साउन १ देखि १५ गतेसम्म जिल्ला निर्वाचन कार्यालयबाट मतदाता नामावली संकलन गर्ने भनेको थियो । तर, वर्षाको बेला विभिन्न राजनीतिक दलहरुले जिल्ला सदरमुकामसम्म आउन धाउन नसक्ने अवस्था आएकाले स्थानीय तहबाटै नामावली संकलन गर्न दवाव दिँदै आएका थिए ।

आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता कार्यक्रम यही साउन १६ देखि ३२ सम्म स्थानीय तहमा सञ्चालन हुने भएको छ । आयोगले साउन १६ देखि ३२ सम्म ६ सय ६९ स्थानीय तह र ७५ वटै जिल्ला सदरमुकामस्थित जिल्ला निर्वाचन कार्यालय र क्षेत्रीय निर्वाचन कार्यालयबाट त्यस्तो मतदाता नामावली दर्ता गराउन सक्ने व्यवस्था गरेको छ ।

हाल जिल्ला निर्वाचन कार्यालयबाट मात्र फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गर्ने व्यवस्था रहेको छ ।

बाह्य जिल्लामा फोटोसहितको मतदाता नामावली दर्ता र जिल्ला निर्वाचन कार्यालयमा नामावली दर्ता आगामी निर्वाचनको मिति घोषणा नभएसम्म निरन्तर सञ्चालन हुनेछन् भने स्थानीय तहमा भने यही साउन ३२ गतेसम्म मात्र सञ्चालन हुनेछ ।

रोजगारी वा पढाइका सिलसिलामा आफू रहेको जिल्ला निर्वाचन कार्यालयबाट स्थायी ठेगानामा रहने गरी मतदाता नामावली दर्ता गराउन सक्ने व्यवस्था गरिएको प्रवक्ता सूर्यप्रसाद शर्माले बताए ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...