सर्पले डसेर बालिकाको मृत्यु
राजविराज, । विषालु गोमन सर्पको डसाइबाट एक बालिकाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सप्तरीको कृष्णवरण गाउँपालिका–४ निवासी बेचन यादवकी ११ वर्षीया छोरी ज्ञानीकुमारी यादव रहेको इलाका प्रहरी कार्यालय, मोहुलीले जनाएको छ ।
बिहान आफ्नै घर अगाडि आँगन बढार्ने क्रममा बालिकालाई सर्पले डसेको थियो ।
सर्पको डसाइबाट गम्भीर अवस्थामा पुगेकी उनको विराटनगरस्थित ग्रिनक्रस अस्पतालमा उपचारका क्रममा ज्यान गएको जिप्रकाले जनाएको छ ।
प्रतिकृया दिनुहोस