बालबालिकालाई बीस करोड वितरण

काठमाडौँ, । सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयअन्तर्गत रहेको केन्द्रीय पञ्जीकरण विभागले तीन जिल्लाका बालबालिकालाई रु बीस करोड वितरण गरेको छ ।

विभागले मानव विकास सूचकाङ्कमा पछाडि परेका रौतहट, बझाङ र अछामका पाँच वर्षमुनिका ९० हजार बालबालिकालाई उक्त रकम वितरण गरेको हो ।

विभागका महानिर्देशक अनिलकुमार ठाकुरका अनुसार आयआर्जन नभएका खान नपुग्ने परिवारका बालबालिकाको अवस्था हेरेर सो रकम बाँडिएको बताउए । मासिक रु चार सयका दरले रुकुममा ६३ हजार ५४, अछाममा– ६ हजार ४५८ र बझाङमा १३ हजार ८२१ बालबालिकालाई रकम वितरण गरिएको हो ।

यसअघि विभागले कर्णाली अञ्चलका पाँच वर्षमुनिका सम्पूर्ण बालबालिकालाई उक्त रकम प्रदान गर्दै आएको थियो । विभागले आगामी वर्ष महोत्तरी, कैलाली, डोटी, रसुवा, बाजुरा र जाजरकोटका बालबालिकालाई रकम वितरण गर्न रु एक अर्ब २५ करोड बजेट मन्त्रालयसँग माग गरेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...