ट्र्याक्टर दुर्घटनामा खाँको मृत्यु

Tractor accident

इटहरी । सुनसरीको इनरुवा–९ बबियामा बिहीबार ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् ।

सो दुर्घटनामा परी बबिया–९ बस्ने सजार खाँ को मृत्यु भएको हो । सोही घटनामा परी स्थानीय सरुख खाँ गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय, सुनसरीले जनाएको छ । गम्भीर घाइते भएका सरुखको ढाड र खुट्टामा गहिरो चोट लागेको छ ।

बबिया शुक्रबारे हाटबाट सत्तैरझोरा जाँदै गरेको को २ त २७६८ नंको ट्र्याक्टर अनियन्त्रित भई होली पुलमा दुर्घटना हुँदा सजार र सरुख गम्भीर घाइते भएका तथा उपचारका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान लगिएकोमा उचारका क्रममा सजारको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...