बढ्यो बजेटको आकार
७ खर्ब ३० अर्ब राजस्वबाट जुटाइने महराको दावी
काठमाडौं । सरकारले आगामी आर्थिक वर्षका लागि चालु आर्थिक वर्षको भन्दा करिब २२ प्रतिशतले बढी बजेट ल्याएको छ ।
सरकारले आगामी आर्थिक वर्षका लागि १२ खर्ब ७८ अर्ब ९९ करोड ४४ लाख ५५ हजार रूपैयाँ बराबरको बजेट प्रस्तुत गरेको छ । यो गत वर्षको भन्दा २२ प्रतिशतले बढी हो । गत वर्ष १० खर्ब ४८ अर्बको बजेट प्रस्तुत भएको थियो ।
सरकारले चालु खर्चतर्फ कुल बजेटको ६२.८ प्रतिशत, पुँजीतर्फ २६.२ प्रतिशत र वित्तीय तर्फ ११ प्रतिशत बजेट विनियोजन भएको छ ।
चालु खर्चका लागि ८ खर्ब ३ अर्ब ५३ करोड, पुँजीगत खर्चतर्फ ३ खर्ब ३५ अर्ब २७ करोड र वित्तीय खर्चतर्फ १ खर्ब ४० अर्ब २८ करोड विनियोजन गरेको छ ।
सरकारले बाहिरी ऋणबाट २ खर्ब १४ करोड जुटाउने बजेट भाषणमा उल्लेख गरिएको छ । सरकारले राजस्वबाट ७ खर्ब ३० अर्ब, साँवा फिर्ताबाट १५ अर्ब, बैदेशिक अनुदानबाट ७२ अर्ब १६ करोड जुटाउने उल्लेख गरेको छ ।
प्रस्तुत छ अर्थमन्त्री कृष्णबहादुर महराले प्रस्तुत गरेका बजेट र प्राथमिकताका शीर्षकहरु
–पोखरा, निजगढ र गौतमवुद्ध विमानस्थलका लागि १३ अर्ब रुपैयाँ
फास्ट ट्रयाक निर्माणका लागि १० अर्ब १४ करोड ।
–पोखरा, निजगढ र गौतमवुद्ध विमानस्थल गर्न १३ अर्ब रुपैयाँ
–रेलमार्गका लागि ४ अर्ब २ करोड ।
–मध्यपहाडी लोकमार्ग कालोपत्रे गर्न ४ अर्ब ३ करोड ।
–राष्ट्रपति चुरे संरक्षण कार्यक्रमलाई १ अर्ब ९२ करोड ।
–मेलम्ची आयोजनाका लागि ६ अर्ब ५७ करोड ।
–पशुपति र लुम्बिनी क्षेत्रको गुरूयोजना कार्ययोजना तयार गर्न २ अर्व १३ करोड ।
–सिचाई आयोजनाहरुका लागि २७ अर्ब २१ करोड ।
–वन क्षेत्रका लागि १५ अर्ब ।
–भू संरक्षणका लागि ६ अर्ब ।
–कृषिको समग्र बिकासका लागि ३० अर्व ४० करोड ।
–उद्योग वाणिज्य क्षेत्रका कार्यक्रमका लागि १० खर्ब ।
–सडक पूर्वाधारका लागि ८९ अर्ब ५० करोड ।
–प्रदेश राजधानीलाई केन्द्रीय राजधानीसँग जोड्ने सडक पूर्वाधारका लागि ९९ अर्ब ५० करोड ।
–पूर्वपश्चिम राजमार्गको नारायणगढ बुटवल सडक खण्ड ४ लेनको बनाउन ७ अर्ब ११ करोड ।
–नारायणगढ मुग्लिन सडकका लागि २ अर्ब ५६ करोड ।
–नागढुंगा–नौबिसे सुरूङमार्गका लागि ५ अर्व ५४ करोड ।
प्रतिकृया दिनुहोस