तीनकुने सामूहिक हत्या प्रकरण : छानबिन गर्न पाँच सदस्यीय छानबिन समिति गठन

Dibya samil tinkune hatya

काठमाडौं । काठमाडौंको तीनकुने सामूहिक हत्या प्रकरणको छानबिन गर्न एसएसपी सोमेन्द्रसिंह राठौरको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति बनाएको छ ।

काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख एआईजी दीपक थापाले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी राठौरको नेतृत्वमा छानबिन समिति गठन गरेका हुन् ।

समितिका सदस्यहरुमा जिल्ला प्रहरी परिसर, काठमाडौंका डीएसपी हरि खतिवडा, उपत्यका प्रहरी कार्यालयका डीएसपी सुवास खड्का, अपराध अनुसन्धान कार्यालयका डीएसपी सुरक्षा केसी र प्रहरी वृत्त, बानेश्वरका निरीक्षक वीरेन्द्र केसी सदस्य रहेको उपत्यका प्रहरी कार्यालयका एसएसपी दिनेशराज मैनालीले बताए ।

शुक्रबार राति काठमाडौं महानगरपालिका–३२ तीनकुनेस्थित गैह्रीगाउँको दिव्य सःमिलभित्रको कटेरोमा एकै परिवारका तीनसहित चार जनाको हत्या भएको हो । शनिबार बिहान टाउको र शरीरका विभिन्न भागमा खुकुरीजस्तो हतियारले प्रहार भएको अवस्थामा प्रहरीले चार जनाको शव फेला पारेको हो ।

काठ मिलमा गार्डको काम गर्ने दोलखाका ५५ वर्षीय कुमार भुजेल, उनकी ५२ वर्षीया श्रीमती अम्बिका भुजेल, कुमारकी ७६ वर्षीया आमा सुभद्रा भुजेल र मोरङ बेलबारी स्थायी घर भएका अन्दाजी २० वर्षका नवीन राईको हत्या भएको प्रहरीले जानकारी दिएको छ ।

हत्यामा संलग्न रहेको आशंकामा प्रहरीले सोधपुछका लागि काठ मिल भएकै घरमा बस्ने २८ वर्षीय दीपेन्द्र राईलाई नियन्त्रणमा लिएको छ । दीपेन्द्र नवीनको साथी भएको प्रारम्भिक अनुसन्धानमा खुलेको पनि प्रहरीको भनाई छ । शरीरमा रगत लागेको अवस्थामा दीपेन्द्र ट्याक्सी चढेर आफैं प्रहरी कार्यालयमा उपस्थित भएको अनुसन्धानमा खटिएका प्रहरी अधिकारीको भनाई छ । उनले मदिरा सेवन गरेको पाइएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

आज गुरुपूर्णिमा मनाइँदै, व्यास जयन्ती पनि आजै

Teacher recruitment

काठमाडौं । गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा प्रदान गर्ने गुरुजनप्रति सम्मान भाव प्रकट...