फेरि बढ्यो पेट्रोलियम पदार्थको मृल्य, ठाउँ अनुसार मुल्य फरकफरक पर्ने
काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्य बढाएको छ । शुक्रबार मध्यरातबाट लागू हुने गरी पेट्रोलमा लिटरको रु रुपैयाँ र तथा डिजेल र मट्टितेलमा लिटरको ३ रुपैयाँ मूल्य बढाएको निगमले जनाएको छ ।
यसअनुसार अब काठमाडौं, पोखरा र दिपायलमा पेट्रोलको मुल्य एक लिटरको १८३ रुपैयाँ पर्नेछ । झापाको चारआली, बिराटनगर, जनकपुर, अमलेखगञ्ज र नेपालगञ्ज, धनगढी र वीरगञ्जमा १८० रुपैयाँ ५० पैसा र सुर्खेत र दाङ क्षेत्रमा १८२ रुपैयाँ पर्नेछ ।
यसअघि निगमले भदौ १४ गते मूल्य समायोजन गर्दै पेट्रोल ४ रुपैयाँ र डिजेलरमट्टितेलमा प्रतिलिटर ३ रुपैयाँ बढाएको थियो ।
प्रतिकृया दिनुहोस