२७ जना न्यायाधीशहरुको नाम उच्च अदालतका लागि सिफारिस (सुचीसहित)

Nyaya parisad bilding

काठमाडौं । न्याय परिषद्ले उच्च अदालतका लागि २७ जना न्यायाधीशहरुको नाम सिफारिस गरेको छ । शुक्रबार बसेको न्यायपरिषद् बैठकले जिल्ला न्यायाधीशहरुबाट १८, न्यायसेवामध्येबाट ३ र अधिवक्ताबाट ६ जनाको नाम उच्च अदालतको न्यायाधीशमा सिफारिस गरेको हो ।

न्याय परिषद्ले बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका सचिव रहेका श्यामकुमार भट्टराईसहित विभिन्न जिल्लामा रहेका न्यायाधीश र अधिवक्तालाई उच्च अदालतको न्यायाधीशमा सिफारिस गरेको हो ।

जिल्ला न्यायाधीशहरु स्याङ्जाका न्यायाधीश राधाकृष्ण उप्रेती, तनहुँका हरिशचन्द्र ढुंगाना, बाँकेका धनसिं महरा, धनुषाका ब्रजेश प्याकुरेल, मकवानपुरका ऋषिराम निरौला, झापाका चन्द्रमणि ज्ञवाली, काठमाडौंका राजुकुमार खतिवडा, धनकुटाका योगेन्द्रप्रसाद साह, नवलपरासीका खडानन्द तिवारी र सर्लाहीका कविप्रसाद न्यौपानेको पनि उच्चमा बढुवाका लागि नाम सिफारिस भएको छ ।

परिषद्को सिफारिसअनुसार उनीहरूलाई प्रधानन्यायाधीशले नियुक्त गर्नेछन् । त्यस्तै शुक्रबारको बैठकले उच्च अदालत ३४ र जिल्ला अदालतका २६ न्यायाधीशको पनि सरुवा गर्ने निर्णय गरेको छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

आज गुरुपूर्णिमा मनाइँदै, व्यास जयन्ती पनि आजै

Teacher recruitment

काठमाडौं । गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा प्रदान गर्ने गुरुजनप्रति सम्मान भाव प्रकट...