डाक्टरमाथि आक्रमण गर्नेलाई ७२ घण्टाभित्र कारबाही गर्न अल्टिमेटम, ४ जना पक्राउ

Dr kutpit hetauda

काठमाडौं । नेपाल चिकित्सक संघले हेटौंडामा डाक्टरमाथि आक्रमण गर्नेलाई ७२ घण्टाभित्र कारबाहीको दायरामा ल्याउन सरकारलाई अल्टिमेटम दिएको छ ।

संघले बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ज्ञापन पत्र बुझाउँदै हेटौंडाको सन्चो अस्पतालमा डाक्टरमाथि आक्रमण गर्नेलाई ७२ घण्टाभित्र कारबाहीको दायरामा ल्याउन अल्टिमेटम दिएको हो ।

संघले बिहीबार पत्रकार सम्मेलन गर्दै हेटौंडाको सन्चो अस्पतालमा डाक्टरमाथि आक्रमण गर्नेलाई ७२ घण्टा भित्रमा कानूनी कारबाहीको दायरामा ल्याउन अल्टिमेटम दिएको हो ।

७२ घण्टाभित्र डाक्टर कुट्नेमाथि कारबाही प्रक्रिया अघि नबढे देशभरका सबै अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प पार्ने संघका महासचिव डा. सजिव तिवारीले चेतावनी दिए ।

बुधबार राति सन्चो अस्पतालमा कार्यरत डा।विकास थापा र डा. प्रशान्त विडारीमाथि अस्पतालमा बिरामीको उपचारमा खटिएकै समयमा कुटपिट भएको थियो । गत साउन २२ गते डेंगुको लक्षण लिएर अस्पतालमा उपचारका लागि ल्याइएका बिरामीलाई अस्पतालका चिकित्सकले साउन २३ गते नै अर्को अस्पताल रेफर गरेका थिए । ती बिरामीको साउन २५ गते मृत्यु भएको थियो ।

त्यसपछि मृतकका आफन्तले पहिला गएको सन्चो अस्पतालले नै राम्रोसँग उपचार नगरेको आरोप लगाउँदै क्षतिपुर्तिको माग गर्दै डाक्टर माथि कुटपिट गरेका हुन् । कुटपिटमा संलग्नको आरोपमा प्रहरीले हेटौंडामा बिहीबार दुई जनालाई पक्राउ गरेको छ ।

त्यसैगरी, संघले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धि संशोधन ऐन, २०७९ बमोजिम चिकित्सकमाथि कुटपिट गर्नेहरुलाई कानुनी कारवाही गर्न माग गरेको छ ।

नेपाल चिकित्सक संघको माग प्रति नेपाल सरकारी चिकित्सक संघले पनि ऐक्यबद्धता जनाएको छ । सरकारी चिकित्सक संघले पनि आज विज्ञप्ती जारी गर्दै डा. थापा र बिडारी माथि कुटपिट गर्नेलाई कानूनी दायरामा ल्याउन माग गरेको छ ।

यता चिकित्सकहरूमाथि कुटपिट गर्ने घटनामा संलग्‍न ४ जनालाई मकवानपुर प्रहरीले नियन्त्रणमा लिएको छ । कुटपिटमा संलग्न मृतककी श्रीमती रमा प्रधान, छोरी रमिता प्रधान, छोरा रोहित प्रधान र भतिजा अनुप प्रधानलाई प्रहरीले पक्राउ गरेको हो । चौतर्फी दबाबसँगै चिकित्सकहरूले आन्दोलनको घोषणा गरेपछि उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

एक महिनाअघि डेंगी सङ्क्रमित हेटौंडा–१२ का ४१ वर्षीय राजेश प्रधानको उपचारमा लापरबाही भएको भन्दै आफन्तहरू आक्रामक भएका हुन् । डेंगी सङ्क्रमित प्रधानको चितवनस्थित चितवन मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको थियो ।

चिकित्सक संघको विज्ञप्ति

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटामा गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको अभिकर्ता तालिम सम्पन्न

Avikarta talim

धनकुटा । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले धनकुटामा अभिकर्ताहरुको लागि एक दिने तालिम सञ्चालन ग...