धनगढीमा हुने समाजवादी मोर्चाको कार्यक्रम स्थगित

Samajwadi morchha

धनगढी । समाजवादी मोर्चाले मंगलबार धनगढीमा आयोजना गर्ने तयारी गरेको पूर्वनिर्धारित सभा स्थगित गरिएको जनाएको छ । संविधानसभाका अध्यक्ष एवं नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधन भएपछि कार्यक्रम स्थगित गरिएको हो ।

मंगलबार धनगढीमा तय भएको मोर्चाको कार्यक्रम स्थगन गरिएको नेकपा (एकीकृत समाजवादी) का समाजवादी मोर्चा सुदूरपश्चिम सभाको व्यवस्थापक एकीकृत समाजवादीकी प्रदेश इन्चार्ज गरिमा शाहले बताइन् ।

सभामा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेकपाका महासचिव नेत्रविक्रम चन्द र जनता समाजवादीका उपाध्यक्ष राजेन्द्र श्रेष्ठ धनगढी आउने कार्यक्रम तय भएको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

प्याजेन्ट नेपालद्धारा मल्ल होटलमा तीज महोत्सव आयोजना

Jit mahotsab

काठमाडौं । नेपाली नारीहरुको पर्व हारितालिका तीज नजिकिँदै गर्दा विभिन्न कार्यक्रमहरु भइरहेका छन् ।...