सिन्धुली र बैतडीमा भएका छुट्टाछुट्टै दुर्घटनामा एकै गाउँका ६ जनासहित १० जनाको मृत्यु

Baitdai jeep accident

काठमाडौं । सिन्धुली र बैतडीमा भएका छुट्टाछुट्टै दुर्घटनामा एकै गाउँका ६ जनासहित १० जनाको मृत्यु भएको छ । जसमा ४ जना भारतीयसमेत रहेका छन् ।

बैतडीको पाटन नगरपालिका–८ मा जिप दुर्घटना हुँदा एकै गाउँका ६ जनाको मृत्यु भएको छ । जिपमा सवार ५ जनाले भने हाम फालेर ज्यान जोगाएका छन् । खोड्पेदेखि बझाङ जाँदै गरेको से १ ज ७६४ नम्बरको जिप गएराति ११ः२५ बजेको समयमा पाटन नगरपालिका ८, झाउलेक भन्ने स्थानमा दुर्घटना भएको हो ।

सो दुर्घटनामा परी मृत्यु हुनेमा बाँझ गाउँका ६० वर्षीय मने बोहरा, सोही ठाउँका ४२ वर्षीय नरे बोहरा, ३५ वर्षीय गोरख बोहरा, ४५ वर्षीय मानबहादुर धामी, ४५ वर्षीय बिर्ख धामी र ४० वर्षीय बिरे धामी रहेको प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए । मृतक सबै एकै गाउँका हुन् । दुर्घटनाको समयमा जिपमा १२ जना थिए । तीमध्ये ५ जनाले हामफालेर ज्यान जोगाएको र चालक फरार रहेको प्रहरी निरीक्षक खत्रीले बताए ।

यता, बिपी राजमार्गअन्तर्गत सिन्धुलीको कमलामाई नगरपालिका–३ गढीगेट नजिक कार दुर्घटना हुँदा चार भारतीय नागरिकको मृत्यु भएको छ । तीन जनाको घटनास्थलमा र एक जनाको उपचारका क्रममा सिन्धुली जिल्ला अस्पतालमा मृत्यु भएको हो । दुर्घटनामा एक जना पुरुष घाइते भएका छन् ।

मंगलबार राति साढे १२ बजे भारतीय नम्बर प्लेटको बीआर०६ डिडी ०६८७ कार दुर्घटना भएको र चार जना पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डीएसपी चिरञ्जीवी दाहालले जानकारी दिए । एक जना घाइतेलाई थप उपचारका लागि धुलिखेल पठाइएको डीएसपी दाहालले बताए ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...