सरकारमा जाने तयारी गर्न एकीकृत समाजवादीले बनायो कार्यदल

Cpn us

काठमाडौं । एकीकृत समाजवादीले सरकार गठनको समग्र प्रक्रियामा गृहकार्य गर्न तीन नेताको कार्यदल बनाएको छ ।

मंगलबार बसेको केन्द्रीय सचिवालय बैठकले अध्यक्ष माधवकुमार नेपाल, उपाध्यक्ष प्रमेश हमाल र महासचिव घनश्याम भूसाल रहेको कार्यदल बनाएको हो ।

उपमहासचिव जगन्नाथ खतिवडाका अनुसार कुन नीति तथा कार्यक्रम र कुन हिस्सेदारीमा सरकारमा जाने भनेर छलफल भएको थियो ।

कार्यदलले गठबन्धनका अरु दलहरुसँग छलफल गर्नेदेखि आफ्नो दलको तर्फबाट को को सरकारमा जाने भनेर छलफल गर्ने खतिवडाले बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

कोशी उच्च बाँध पीडितहरु संगठिन बने, संघर्ष समितिमा असिम राई सर्वसम्मत अध्यक्ष चयन

Saptakoshi badha news

धनकुटा । कोशी उच्च बाँध पीडितहरुको आम भेलाले कोशी उच्च बाँध पीडित संघर्ष समिति चयन गरेको छ । सहि...