दुर्गा प्रसाईंको ‘कालोमोसो दस्ता’का केन्द्रिय संयोजक शम्भु थापा चितवनबाट पक्राउ

Shambhu thapa kalo moso dasta

काठमाडौं । बैंक तथा वित्तीय संस्थाका प्रमुखहरुलाई कालोमोसो दल्ने भनेर धम्की दिने झापाका विवादित व्यवसायी दुर्गा प्रसाईंको ‘कालोमोसो दस्ता’का केन्द्रीय संयोजक शम्भु थापा पक्राउ परेका छन् ।

दुर्गा प्रसाई पछिल्लो समय बैंक तथा वित्तिय संस्थाको कर्जा नतिर्ने अभियान चलाइरहेका छन् । उनले फागुन १३ गते चितवनमा सभा गरेका थिए । त्यही कार्यक्रममा थापालाई कालोमोसो दस्ताको संयोजक घोषणा गरेका थिए ।

प्रसाईं चितवन आएका दिन उनको नेतृत्वमा कालोमोसो लेखिएको टिसर्ट लगाएर युवाहरु परिचालन गरिएको थियो । संयोजक थापाले बैंक तथा वित्तिय संस्थाका प्रमुखहरुलाई मोसो दल्ने घोषणा गरेका थिए । दस्ताको धम्कीपछि बैंक तथा वित्तीय संस्थाले जिल्ला प्रशासन कार्यालय चितवनमा पुगेर ध्यानाकर्षण गराएका थिए ।

थापालाई मंगलबार भरतपुरस्थित जिल्ला प्रशासन कार्यालय परिसरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । बैंक तथा वित्तिय संस्थाविरुद्ध अफवाह फैल्याएको आरोपमा उनलाई पक्राउ गरिएको चितवनका प्रहरी प्रमुख रामेश्वर कार्कीले बताए ।

प्रहरीले बिहीबार म्याद थप गरेर थप अनुसन्धान अगाडि बढाउने तयारी गरेको छ । उनीमाथि अभद्र व्यवहारको मुद्दा दर्ताको तयारी गरिएको छ । पक्राउ परेका थापालाई रिहा गर्न अभियानले आग्रह गरेको छ । नछाडिएमा आन्दोलन थाल्ने चेतावनी पौडेलले दिएका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...