आगलागीबाट पाँचथरमा २ जनाको मृत्यु, तेह्रथुमको चुहानडाँडामा भीषण आगलागी हुँदा १४ घर जले

Dadhelo  pachthar

धनकुटा । आज तेह्रथुम र पाँचथरमा आगलागी हुँदा २ जनाको मृत्यु भएको छ भने १४ घर जलेर नष्ट भएका छन् ।

आगलागीमा परेर पाँचथरमा दुई बालकको मृत्यु भएको छ । हिलिहाङ गाउँपालिका ७ यवाडाँडाका स्थानीय प्रेम पन्थाकको घरमा लागेको आगोमा परी शरण पन्थाकका ५ वर्षीय छोरा सेसेहाङ र सन्तोष खातीका ४ वर्षीय छोरा निशानको मृत्यु भएको पाँचथरका प्रमुख जिल्ला अधिकारी गणेश गैरेले जानकारी दिए ।

घटनास्थल पुगेका उनका अनुसार मृतक निशान मामाघर आएका थिए भने छिमेकीका छोरा सेसेहाङ निशानसँगै खेलिरहेका थिए । आगलागीको कारण भने खुलिसकेको छैन ।

यता, तेह्रथुम–आठराई गाउँपालिका ६ चुहानडाँडाको हातीखर्कमा आगलागीबाट १४ घर जेलेर नष्ट भएका छन् । सो क्षेत्रमा शुक्रबार बेलुका ७ बजेसम्म पनि भीषण आगलागी भइरहेको छ । आगलागीबाट हालसम्म १४ वटा घर जलेर नष्ट भएको आगो नियन्त्रणमा खटिएका चुहानडाँडा प्रहरी चौकीका प्रमुख असई विष्णु प्रसाद पिठाकोटेले जानकारी दिए ।

९ वटा घरमा मानिस बसोवास गर्ने गरेको र बाँकी ५ घरमा भने मानिस अन्यत्र बसाई सरिसकेर खाली रहेको प्रहरीले जनाएको छ । शुक्रबार अपराह्न गाउँको पुछारमा रहेको फक्चुवा खोला दोभानको जंगलबाट सल्किएको आगो गाउँको बीचमा रहेको माझीटार सामुदायिक वनमा सल्किएको थियो ।

सो आगो हात्तीखर्क गाउँको बस्तीमा पसेर आगलागी भएको प्रहरीले जनाएको छ । आगलागीमा परी अहिलेसम्म फुसका छाना भएका १४ वटा घर जलेर पूर्ण रुपमा नष्ट भएको प्रहरीले जनाएको छ । तेह्रथुममा आगलागीमा परी मानवीय क्षति भने भएको छैन ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

कोशी उच्च बाँध पीडितहरु संगठिन बने, संघर्ष समितिमा असिम राई सर्वसम्मत अध्यक्ष चयन

Saptakoshi badha news

धनकुटा । कोशी उच्च बाँध पीडितहरुको आम भेलाले कोशी उच्च बाँध पीडित संघर्ष समिति चयन गरेको छ । सहि...