जमिनबाट १ हजार फिटको उचाइमा आइसकेका ठूला जहाजले अब ‘रनवे फेर्न’ नपाउने

Jahaj abataran

काडमाडौं । जहाज अवतरणका दौरान जमिनबाट १ हजार फिटको उचाइमा आइसकेका जहाजले अब निर्धारित धावनमार्ग परिवर्तन गरी जहाज मोड्न नपाउने भएका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणले पोखरामा भएको दुर्घटनापछि हवाई मार्ग फेर्न नपाउने बनाएको हो ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपालमा उड्ने सबै वायुयानका लागि यस्तो नियम ल्याएको छ । प्राधिकरणका अनुसार यो नियम छोटो धावनमार्ग भएका पहाड र हिमालका विमानस्थलमा ५ सय फिट तोकिएको छ । अन्य सबै विमानस्थलमा भने सो उचाइ भन्दा तल झरिसकेपछि पाइलटले जहाज अवतरण गराउनु पर्नेछ ।

प्राधिकरणका अनुसार अब सो उचाइभन्दा तल आइसकेपछि जहाज मोड्ने वा अर्को धावनमार्गमा जाने गरी अनुमति पाउने छैनन् । आईएफआर (इन्स्ट्रुमेन्ट फ्लाइट रुल) मा भने कुन अवस्थामा कति उचाइ कायम गर्ने भन्ने सम्बन्धमा जहाजले नै सोही प्रोफाइल कायम गरी अवतरण हुने गर्छ ।

१ माघमा पोखरामा भएको यती एयरलाइन्सको जहाजले सुरुमा रनवे धावनमार्गको एक छेउ ‘थ्रीजीरो’बाट अवतरणका लागि अनुमति पाएको थियो । तर, पाइलटले जहाजलाई मोडेर अर्को छेउ ‘वानटु’बाट जहाज अवतरण गराउने प्रयास गर्दा दुर्घटना भएको थियो ।

प्राधिकरणको यो नियम अनुसार अब तराईका सबै विमानस्थल र पोखरा (आईएफआर सिस्टम जडान भएपछि) मा भीएफआर उडान हुने छैन । यो नियम त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा समेत अनिवार्य लागु हुने भएको छ । तर, यसमा साना जहाजहरु (ट्वीनअटर, एलईटी–४१०, डोर्नियर) लगायतमा भने अनिवार्य गरिएको छैन । ठूला जहाजले आईएफआर प्रणालीमा मात्र रहेर उडान गर्नुपर्ने भएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...