ज्येष्ठ सदस्य पशुपतिशमशेर राणाको शपथ आज साँढे १ बजे हुने

Pashupati samsher rana

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद् प्रतिनिधिसभाका नवनिर्वाचित ज्येष्ठ सदस्य पशुपतिशमशेर जबरालाई पद तथा गोपनीयतको शपथ गराउने भएकी छन् ।

राष्ट्रपति भवन शीतल निवासमा बुधबार दिउँसो राष्ट्रपतिसमक्ष ज्येष्ठ सदस्य राणाले शपथ लिन लागेका हुन् । नागरिकताको प्रमाणपत्र अनुसार, ज्येष्ठ सदस्य राणाको जन्म विसं १९९८ मंसिर २४ गते रहेको संसद् सचिवालयका सहप्रवक्ता दशरथ धमलाले जानकारी दिए ।

प्रतिनिधिसभाको सभामुख र उपसभामुखको निर्वाचन नभएको वा दुवै पद रिक्त भएको अवस्थामा प्रतिनिधिसभाको बैठकको अध्यक्षता उपस्थित सदस्यमध्ये उमेरका हिसाबले ज्येष्ठ सदस्यले गर्ने संवैधानिक व्यवस्था छ । सभामुखको चयन नहुँदाका बखत प्रतिनिधिसभाको अध्यक्षता गर्ने ज्येष्ठ सदस्यले अरु सदस्यलाई शपथ दिलाउनुपर्छ ।

सो व्यवस्थाअनुरुप ज्येष्ठ सदस्य राणाले नयाँ बानेश्वरस्थित संसद् भवनमा नवनिर्वाचित अन्य सदस्यलाई यही पुस ७ गते दिनको १ बजे शपथ गराउने संघीय संसद् सचिवालयले जनाएको छ ।

नेपालको संविधानअनुसार संघीय संसद्का सदस्यले सदन वा त्यसको कुनै पनि समितिको बैठकमा पहिलो पटक भाग लिनुअघि संघीय कानुनबमोजिम शपथ लिनुपर्छ भन्ने व्यवस्था छ । गत मंसिर ४ गते सम्पन्न निर्वाचनबाट पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ एक सय ६५ र समानुपातिक निर्वाचन प्रणालीद्वारा एक सय १० गरी दुई सय ७५ जना प्रतिनिधिसभा सदस्य निर्वाचित भएका छन् ।

प्रनिनिधिसभाको कार्यकाल पाँच वर्षको हुनेछ । प्रतिनिधिसभाको पहिलो बैठक प्रारम्भ भएको मितिले १५ दिनभित्र प्रतिनिधिसभाका सदस्यमध्येबाट सभामुख र उपसभामुखको निर्वाचन गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।

जबराले शपथ लिएपछि बिहीबार अन्य सदस्यहरूलाई शपथ गराउनेछन् । ज्येष्ठ सदस्यको नागरिकताअनुसार उमेर यकिनपछि सङ्घीय संसद् सचिवालयले शपथका लागि राष्ट्रपतिसमक्ष पत्राचार गरेको थियो ।

नागरिकताका आधारमा सबैभन्दा ज्येष्ठ सदस्य नेकपा -माओवादी केन्द्र_बाट निर्वाचित महिन्द्र राय यादव हुन् । तर यादवले यसअघि पनि नागरिकता र आफ्नो वास्तविक उमेर फरक रहेको भन्दै शपथ गराउन अस्वीकार गरेका थिए ।

२०७४ मा यादवले शपथ गराउन अस्वीकार गर्दै महन्थ ठाकुरले शपथ र बैठकको अध्यक्षतासमेत गरेका थिए । सचिवालयले यादवबाहेक राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसी र जबराको नागरिकता यकिनपछि शपथका लागि पत्राचार गरेको थियो ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...