चार वर्षपछि बढ्यो पेट्रोलियम पदार्थ ढुवानीको भाडा, ८० करोड व्ययभार थपिने

Petrol dhuwani

काठमाडौं । चार वर्षपछि पेट्रोलियम पदार्थ ढुवानी भाडा बढेको छ । नेपाल आयल निगमले चार वर्षपछि पेट्रोलियम पदार्थ ढुवानी गर्ने ट्यांकरको भाडा समायोजन गरेको हो ।

दुई वर्षअघि निगमले गरेको भाडा समायोजन सम्बन्धी अध्ययनमा १० प्रतिशतसम्म भाडा बढ्दा निगमलाई ८० करोड हाराहारी व्ययभार थपिने निष्कर्ष निकालिएको थियो ।

सञ्चालक समितिले कात्तिक २७ मा गरेको निर्णयअनुसार निगमले १ पुसमा भाडा वृद्धि कार्यान्वयन गरेको प्रवक्ता उपाध्यायले बताए । उनका अनुसार ढुवानी भाडा कम्तीमा पाँचदेखि १० प्रतिशत सम्मले बढेको छ ।

देशभरका आन्तरिक र बाह्य गरेर ३६ वटा गन्तव्यमा इन्धन ढुवानी गर्ने ट्यांकरले बढेको भाडा निगमबाट पाउँछन् । स्थानीय १५ किलोमिटरसम्म न्युनतम ३८२ रुपैयाँ १८ पैसाले भाडा बढ्दा अधिकतम् वीरगन्जदेखि थानकोट र सिनामंगलस्थित डिपोसम्मको ढुवानी भाडा क्रमश ६ हजार ६ ३० रुपैयाँ २० पैसा र ६ हजार ६९० रुपैयाँ ५५ पैसाले बढीको छ ।
ट्यांकरहरूको भाडा ५ प्रतिशतदेखि १० प्रतिशतसम्म वृद्धि गरिएको निगमले जानकारी दिएको छ । निगमले देशभरका आन्तरिक र बाह्य गरी ३६ वटा गन्तव्यमा इन्धन ढुवानी गर्ने ट्यांकरको भाडा बढाएको हो ।

त्यस्ता ट्यांकरको स्थानीय १५ किलोमिटरसम्मको ढुवानीमा न्यूनतम ३८२ रुपैयाँ १८ पैसाले भाडा बढेको छ । वीरगन्जदेखि थानकोट र सिनामंगल डिपोसम्मको ढुवानी भाडा क्रमशस् ६ हजार ६ सय ३० रुपैयाँ २० पैसा र ६ हजार ६ सय ९० रुपैयाँ ५५ पैसा बनाइएको निगमले जनाएको छ ।

सञ्चालन घाटा देखाउँदै उपभोक्तालाई चर्को मूल्य असुलेको निगमले व्यवसायी पोस्नेगरि ढुवानी भाडा वृद्धि गरेको भन्दै आलोचना सुरु भएको छ ।

 

 

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...