‘विजयबाबु स्मृति पत्रकारिता पुरस्कार’ दिपा दाहाललाई प्रदान

Bijaybabu smriti  puraskar newskarobar

काठमाडौं । यस वर्षको ‘विजयबाबु स्मृति पत्रकारिता पुरस्कार–२०७९’ पत्रकार दिपा दाहाललाई प्रदान गरिएको छ । नेपाल समाचार केन्द्रद्वारा सञ्चालित न्युजकारोबार डटकमको छैटौं वार्षिकोत्सवको अवसरमा आज सो पुरस्कार प्रदान गरिएको हो ।

केन्द्रकी अध्यक्ष लक्ष्मी श्रेष्ठ खत्री र नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष भवन भट्टले पुरस्कारसहित सम्मानपत्र हस्तान्तरण गरेका हुन् । पुरस्कारको राशि ३४ हजार रुपैयाँ छ ।

पत्रकार दाहालले २०६२ सालमा सुर्खेतको रेडियो भेरीबाट पत्रकारिता सुरू गरेकी हुन् । त्यसयता रेडियो कान्तिपुर, अन्नपूर्ण पोष्ट, देशसञ्चार अनलाइन, कान्तिपुर टीभी काम गरेकी उनी हाल उकालो डटकममा वरिष्ठ संवाददाताको रूपमा कार्यरत छन् । आमसञ्चार र पत्रकारिता विषयमा स्नातकोत्तर गरेकी उनी विभिन्न पुरस्कारबाट पुरस्कृत भइसकेका छन् ।

कार्यक्रमका प्रमुख अतिथि नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष भट्टले नेपालको आर्थिक पत्रकारिताको क्षेत्रमा विजयबाबुको योगदान महत्वपूर्ण रहेको बताए । उनले भने, ‘पहिलो आर्थिक दैनिक पत्रिका कारोबारमा झनै योगदान छ । हामीले विजयबाबुलाई सधैँ सम्झिरहने छौँ । यो पुरस्कारले निरन्तरता पाउन जरुरी छ । यो सशक्त पत्रकारले पाउनुपर्छ ।’

पुरस्कार छनोटका लागि नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोख्रेल, नेपाल समाचार केन्द्र प्रालिका अध्यक्ष खत्री र न्युजकारोबार डटकमका प्रधान सम्पादक सन्तोष आचार्य सहितको समिति गठन भएको थियो । सोही समितिले पत्रकार दाहाललाई यस वर्षको विजयबाबु स्मृति पत्रकारिता पुरस्कार दिने निर्णय गरेको हो ।

पत्रकारितामा सक्रिय रहँदारहँदै २०६८ साल मंसिर १२ गते रुपन्देहीको सालझन्डीमा भएको सडक दुर्घटनामा परी ३४ वर्षको उमेरमा विजयबाबु खत्रीको निधन भएको थियो । स्वर्गीय खत्रीको स्मृतिमा उनकी धर्मपत्नी लक्ष्मी श्रेष्ठ खत्रीले २०७५ मंसिर १२ गते अक्षय कोष स्थापना गरेकी हुन् । सोही अक्षय कोषमार्फत केन्द्रले हरेक वर्ष पुरस्कार प्रदान गर्दै आएको छ ।

विजयबाबु पत्रकारिता पुरस्कार पहिलो वर्ष ध्रुवहरि अधिकारी, दोस्रो वर्ष स्व. गोकर्ण गौतम र गत वर्ष केशव पौडेललाई प्रदान गरिएको थियो । विजयबाबु खत्रीको स्मृति दिवसको अवसरमा मंसिर १२ गते सो पुरस्कार घोषणा गर्ने गरिएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...