काठमाडौं उपत्यकामा फेरि आउन थाल्यो मेलम्चीको पानी, अब बाह्रै महिना पानी आउने

Melamchi khanepani

काठमाडौं । काठमाडौँ उपत्यकामा मेलम्चीको पानीको पुनः वितरण सुरु भएको । खानेपानीमन्त्री उमाकान्त चौधरीले आज तेस्रो चरणको मेलम्चीको पानी वितरण शुभारम्भ गरेका हुन् ।

सिन्धुपाल्चोकको हेलम्बुस्थित अम्बाथान मुहानमा गत जेठमा बन्द गरिएको सुरुङको मुखबाट ११ दिनअघि मेलम्ची खोलाको पानी प्रवेश गराइएको थियो । बाढीले मुहान क्षति गर्ने सम्भावनाका कारण सुरुङको मुख बन्द गरिएको थियो ।

बन्द गरिएको ६ महिनापछि पुनः पानी ल्याइएको हो । मेलम्ची खानेपानी विकास समितिले एक साताअघि मेलम्ची खोलाको मुहान अम्बाथानस्थित सुरूङ मार्गबाट पानी हालेको थियो । पानी सुन्दरीजल प्रशोधन केन्द्रमा आइपुगिसकेको छ ।

पहिलो चरणमा दैनिक ४ करोड लिटर पानी वितरण गरिएकोमा पछि पूर्ण क्षमताअनुसार दैनिक १७ करोड लिटर पानी उपत्यकामा वितरण गरिएको थियो । तर ०७८ साल असार र साउनमा मेलम्ची र इन्द्रावतीमा आएको भीषण बाढीले आयोजनामा ठूलो क्षति पुग्यो ।

क्षति भएको ९ महिनापछि अर्थात् गत वैशाख ११ गते अस्थायी रूपमा फेरि पानी ल्याइएको थियो । तर शहरवासीले एक महिना पनि पानी पिउन पाएनन् । सरकारले पहिलाजस्तो बाढीबाट क्षति हुन नदिन भन्दै गत जेठ १७ गतेबाट उपत्यकामा मेलम्चीको पानी ल्याउन बन्द गरेको थियो ।

काठमाडौं उपत्यकामा मेलम्चीको पानी पुनः वितरण प्रारम्भ गर्दै मन्त्री चौधरीले पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको सपना पुनः पूरा गरेको बताए । उनले ठूलो बाढीले क्षतविक्षत बनेको मेलम्ची अस्थायी भए पनि पानी ल्याइएको बताए ।

फेरि ठूलो बाढी आउने डरका कारण वर्षातमा सुरुङ बचाउन पानी बन्द गरिएको उनले बताए । उनले अब अस्थायी रूपमै भए पनि बाह्रै महिना मेलम्चीको पानी पुर्‍याउने दाबी गरेका छन् ।

खानेपानी मन्त्रालयका सचिव मनिराम गेलालले निर्वाध रूपमा सञ्ञ्चालन गर्नुपर्नेमा ठूलो बाढी आउँदा अवरोध भएको बताए । सचिव गेलालले हरेक वर्ष वार्षातमा बन्द नहुने गरी काम गरिरहेको बताए । सामान्य बाढी आउँदा नरोकिनेगरी काम गरिरहेको उनको भनाइ छ । उनले सुन्दरीजलको ट्रिटमेन्ट प्लान्ट केयूकेलको लिनुपर्ने बताए ।

हाल आयोजनाले अस्थायी संरचनाबाट सुन्दरीजलमा पानी झारेर उपत्यकाका १० वटा पानी भण्डारण केन्द्रमा पठाइसकेको छ । केयूकेएलका उपकार्यकारी अधिकृत ज्ञानेन्द्र बहादुर कार्कीले ५ करोड ८३ लिटर भण्डारण क्षमता रहेको बताए । मेलम्ची खानेपानी निर्देशनालयका कार्यकारी निर्देशक राजेन्द्र सापकोटाले १ हप्तामामा जोडिएको ठाउँमा पुग्ने जानकारी दिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...