निर्माण व्यवसायी संघ तौलिहवाद्वारा मस्जिदमा खाद्यन्न वितरण
कपिलवस्तु । कपिलवस्तु जिल्लाको सदरमुकाम तौलिहवामा रहेको मदरसा अहले सुन्नत नैमुल वोलुम मस्जिदमा पढ्ने विद्यार्थीलाई खाद्यन्न,वितरण गरिएको छ ।
निर्माण व्यवसायी संघ कपिलवस्तु तौलिहवाले १५५ जना छात्र छात्राहरुलाई १५ हजार रुपैयाँ बराबरको खाद्यन्न वितरण गरेको हो । जसमा चामल १ क्वीन्टल, दाल २५ केजी, खानेतेल ५ लिटर, मसला १० पाकेट, नुन १० प्याकेट निर्माण व्यवसायी संघ कपिलवस्तु तौलिहवाका अध्यक्ष सरोज अर्यालले हस्तान्तरण गरे ।
सो खाद्यन्न वितरण कार्यक्रममा निर्माण व्यवसायी संघ लुम्बिनी प्रदेशका उप महासचिव दिनेश हमाल, समाजसेवी रवि ठाकुर, नेपाली कांग्रेसका नगर सभापति खुर्सेद अहमद खाँ, नेपाली कांग्रेसका राजेश ज्ञवाली, निर्माण व्यवसायी संघ कपिलवस्तुका पुर्व अध्यक्ष गुन्जन गुप्ता, कपिलवस्तु नगरपालिका वडा नं. २ का वडा अध्यक्ष अशोक गुप्ता, कपिलवस्तु नगरपालिका वडा नं. १० का वडा अध्यक्ष सन्दिप पाण्डेय, जसपा नेपाल पार्टी कपिलवस्तुका सह सचिव इरफान खान, नेकपा एमालेका अजाद दर्जी, मदरसा अहले सुन्नतका कार्य समितिका सहसचिव जियाउल हक मनिहार, सदस्य इबरार खाँ तथा समाजसेवी मुमताज खाँ, रमिम खाँ, खान बाबा निजामी लगायतका उपस्थित थियो ।
प्रतिकृया दिनुहोस