कोभिड युनिफाइड अस्पतालबाट  निकालिए जागेश्वर गौतम, प्रमुख प्रशासकीय अधिकारीमा डा. मरासिनी नियुक्त 

Jageshwor gautam

काडमाडौँ । कोभिड युनिफाइड केन्द्रीय अस्पताल (वीर) को प्रमुख प्रशासकीय अधिकारीमा डा. रुद्र मरासिनीलाई नियुक्त भएका छन्।

स्वास्थ्य मन्त्रालयले सोमबार मन्त्रिस्तरीय निर्णय गर्दै ट्रमा सेन्टरका अर्थोपेडिक डा. मरासिनीलाई प्रमुख प्रशासकीय अधिकारीमा नियुक्त गरेको हो।

प्रा. डा. जागेश्वर गौतमलाई थापाथलिस्थित परोपकार प्रसुति तथा स्त्रीरोग अस्पतालमा सरुवा गर्दै उनको ठाउँमा डा.मरासिनीलाई नियुक्त गरिएको हो।

डा. गौतमले आन्दोलनरत कर्मचारीको मागका विषयमा छलफल गर्न लागेको समयमा प्रहरी प्रशासन बोलाएर स्वास्थ्यकर्मी तथा कर्मचारी कुटाएको आरोप लगाइएको थियो।

यस्तै आन्दोलनरत कर्मचारीले उनको राजिनामा माग गरिरहेका छन्।



प्रतिकृया दिनुहोस

साताको लोकपृय

लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु, १० डिसेम्बरसम्म चल्ने

Mahila himsa

काठमाडौं । हिंसारहित समाज निर्माणको उद्देश्यसहित लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान आजदेखि सुरु...