शान्तिबाटिकामा उठ्यो राज्य व्यवस्था खारेजीको माग

Samajwabi sadak bahas

काठमाडौं । संबैधानिक प्रजातन्त्र, हिन्दुराज्य, स्थानीय स्वशाषन, समाजवादी अर्थनीति, विशेष अधिकार सहितको राजसंस्था जस्ता माग राख्दै आएको नेपाल समाजवादी कांग्रेसले पहिलो पटक सडक वहस गरको छ ।

असार १५ गते काठमाडौंको शान्तिबाटिकाबाट राष्ट्रिय नागरिक आन्दोलनको घोषणा गर्दै समाजवादी कांग्रेसले राष्ट्रियता, प्रजातन्त्र, हिन्दुराज्य, राजसंस्थाको पुनस्र्थापना जस्ता माग पूरा नहुन्जेल आमसभा, घरदैलो कार्यक्रम, सडक बहस जस्ता कार्यक्रम सञ्चालन गर्ने घोषणा गरेको थियो ।

त्यसयता समाजवादी कांग्रेसले विभिन्न कार्यक्रमहरु गर्दै आएको छ । सोही क्रममा आइतबार काठमाडौंको रत्नपार्कमा १ बजे सडक बहस गरेको नेपाल समाजवादी पार्टीका सचिव मानबहादुर गुरुङले जानकारी दिए ।

सो सडक बहसमा अध्यक्ष गोविन्द निरौलाले देश विदेशीको इसारामा चलिरहेकाले देश बचाउन संयुक्त राजनीतिक आन्दोलन र राष्ट्रिय सरकार निर्माण गर्न जरुरी रहेको बताए । राष्टियता, प्रजातन्त्र, राजसंस्था र हिन्दु राष्ट स्थापनाको निम्ति राष्ट्रिय नागरिक आन्दोलन घोषणा गरिसकेकोले देश बचाउन सबै नेपाली नागरिक सडकमा आउन जरुरी भइसकेको बताए ।

उनले राष्ट्रलाई विघटनको बाटोमा लैजाने संविधान र अहिलेको व्यबस्था विभेदकारी रहेकाले अहिलेको व्यवस्थालाई खारेज गरेर संबैधानिक प्रजातन्त्र, हिन्दुराज्य, स्थानीय स्वशाषन, समाजवादी अर्थनीति, विशेष अधिकार सहितको राजसंस्थासहितको नयाँ व्यवस्था ल्याउनुपर्नेमा जोड दिए ।

सो सडक बहस कार्यक्रममा नेपाल समाजवादी कांग्रेसका सचिव मानबहादुर गुरुङ, केन्द्रिय सदस्य रामशरण पराजुली, केन्द्रिय सदस्य मनिता अर्याल लगायतले जनताका आधारभूत अधिकार दिलाउन पनि अहिलेको राज्य व्यवस्था खारेज हुनुपर्नेमा जोड दिएका थिए ।

सो सडक बहसमा अध्यक्ष निरौलाले आफ्नो धारणा राखेपछि सर्वसाधारणले विभिन्न प्रश्नहरु गरेका थिए । पहिलो सत्रको कार्यक्रममा अर्का केन्द्रिय सदस्य नवराज गजुरेलले गरेका थिए भने दोस्रो सत्रको सञ्चालन भरत लामिछानेले गरेका थिए ।

सो पार्टीले घोषित आन्दोन अन्तर्गत साउन ३ मा नयाँ नेतृत्व, नयाँ विचार, आधुनिक विकासको लागि माइती मण्डलामा दीपप्रज्वलन गरेको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु, १० डिसेम्बरसम्म चल्ने

Mahila himsa

काठमाडौं । हिंसारहित समाज निर्माणको उद्देश्यसहित लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान आजदेखि सुरु...