कोरोनाले राप्रपा नेता थापाको निधन
काठमाडौं । राष्ट्रिय प्रजातान्त्र पार्टी (राप्रपा) का केन्द्रीय सम्पादन समिति सदस्य बलराम थापाको कोरोना संक्रमणका कारण निधन भएको छ ।
नवलपरासीपूर्व कावासोती नगरपालिका २ निवासी थापाको काठमाडौंमा उपचारका क्रममा आइतबार निधन भएको हो ।
तीन हप्ताअघि कोरोना संक्रमण भइ श्वासप्रश्वासमा गम्भीर समस्या भएपछि थापालाई थप उपचारका लागि हेलिकप्टरबाट काठमाडौं लगिएको थियो ।
५५ वर्षीय थापाको सशस्त्र प्रहरी अस्पताल बलम्बुमा आइसीयु र भेन्टिलेटरमा राखेर उपचार गरिएपछि स्वास्थ्यमा सुधार भई वार्डमा सारिएको थियो । तर अचानक निमोनिया संक्रमण बढेको थियो ।
प्रतिकृया दिनुहोस