सानो भर्याङस्थित कस्मेटिक गोदाममा प्रहरीको छापा
काठमाडौँ । सानो भर्याङस्थित एक गोदाममा प्रहरीले छापा मारेको छ । म्याद गुज्रिएको कस्मेटिक सामाग्रीमा नयाँ मिति राखेर बजारमा पठाउने गरेको सूचनाका आधारमा प्रहरीले छापा मारेको हो ।
विशेष सूचनाका आधारमा उपत्यका अपराध अनुसन्धान कार्यालय, बानेश्वरको टोलीले कस्मेटिक सामानको गोदाममा छापा हानेको एसपी कृष्ण कोइरालाले जानकारी दिए ।
‘भ्यालिस्न, रुम स्प्रे, विभिन्न क्रिम लगायतका सामग्रीमा नयाँ लेबलिङ गरेर पठाउने गरेको पाइएको छ, गोदाममा अहिले कामदार मात्र छन्, सञ्चालकको खोजी भइरहेको छ,’ कोइरालाले भने ।
प्रतिकृया दिनुहोस