देशमा विकास गर्न कम्युनिष्ट नै चाहिने केपी ओलीको दाबी

Pm kp oli

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा विकास गर्न कम्युनिष्ट नै चाहिने दावी गरेका छन्।

आइतबार २४ औँ तुलसीलाल स्मृति दिवसको अवसरका आयोजित विचारगोष्ठीमा अध्यक्ष ओलीले देशमा कम्युनिष्टले मात्रै विकास गर्न सक्ने दावी गरेका हुन्।

आफ्नो नेतृत्वको सरकारले तीन वर्षको अविधिमा उक्त कुराको पुष्टि गरेको उनको भनाइ छ।

उनले भने, ‘कम्युनिष्टहरुले विकास गर्न सक्छन् र विकास गर्नका लागि कम्युनिष्ट नै चाहिन्छ। होइन भने १०० वर्षमा कछुवा तालले हुने विकासले हुँदैन, आजको २१ औँ शताब्दीमा। तीब्र विकास चाहिन्छ। तीब्र विकास कम्युनिष्टले मात्रै गर्न सक्छन् भन्ने विगत तीन वर्षमा हामीले देखाएका छौँ। कम्युनिष्ट नै चाहिन्छ यो देशमा विकास गर्न।’

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु, १० डिसेम्बरसम्म चल्ने

Mahila himsa

काठमाडौं । हिंसारहित समाज निर्माणको उद्देश्यसहित लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान आजदेखि सुरु...