कर्णाली नदीमा डुंगा पल्टिँदा तीन जना बेपत्ता, दुई जना घाइते

Karnali river  09090

धनगढी । कर्णाली नदीमा डुंगा दुर्घटना हुदाँ तीन जना बेपत्ता भएका छन्। कैलालीको मोहन्याल गाउँपालिकाबाट काठको डुंगा चढेर सुर्खेतको चौकुने गाउँपालिका अन्तर्गत बिजौरा जाने क्रममा डुंगा पल्टिएको हो।

डुंगा पल्टिएर दुर्घटना हुँदा तीन जना बेपत्ता भएका कैलाली प्रहरीले जानकारी दिएको छ। यस्तै दुई जना घाइते भएका छन्।

डुंगा दुर्घटना हुँदा बेपत्ता हुनेमा मोहन्याल गाउँपालिका वडा न ३ बस्ने वर्ष २० की उर्मिला सलामी मगर, उर्मिलाको १० महिनाको बच्चा र सोही ठाँउ बस्ने २० बर्षकी पार्वती थापा रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक विश्व अधिकारीले जानकारी दिए।

यस्तै घाइते हुनेमा मोहन्याल गाउँपालिका वडा नम्बर ३ बस्ने १९ वर्षकी धनसरा सलामी मगर,उनकै एक महिनाको छोरो कर्ण सलामी रहेका छन्। धनसराको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

बालबालिकालाई नियमित खोप लगाउन उनीहरु मोहन्याल गाउँपालिका अन्तर्गत मलेखाबाट सुर्खेतको विजौरा जाने क्रममा दुर्घटनामा परेका हुन्।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु, १० डिसेम्बरसम्म चल्ने

Mahila himsa

काठमाडौं । हिंसारहित समाज निर्माणको उद्देश्यसहित लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान आजदेखि सुरु...